समाचारआइतबार, जेठ १४, २०६९
उपप्रधानमन्त्री इश्वर पोखरेलद्धारा राजीनामा
उपप्रधानमन्त्री इश्वर पोखरेलले पदबाट राजीनामा दिएका छन् । १४ जेठ राति सरकारले आगामी मंसिरमा चुनावमा जाने निर्णय गरेपछि उनले राजीनामा दिएका हुन । एमाले महासचिव समेत रहेका उपप्रधानमन्त्री पोखरेल सहित एमालेका अर्का मन्त्री राधा ज्ञवाली र राप्रपाका तर्फबाट मन्त्री बनेका परशुराम खापुङले चुनावमा जाने निर्णय गरेको मन्त्रिपरिषद् बैठक बहिस्कार गरेका थिए ।
आफूहरु जे आधारमा सरकारमा सहभागी भएको थियो त्यस अनुसारको काम नभएपछि पदबाट राजिनामा गरेको पोखरेलले हिमालखबरलाई जानकारी दिए ।
यसैवीच चुनावमा जाने निर्णय गरेलगत्तै प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति रामवरण यादवसँग भेटवार्ता गरेका छन् । कांग्रेस र एमालेका नेताहरु पनि राष्ट्रपति कार्यालय पुगेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
