अन्तर्वार्ता/विचारसोमबार, चैत्र १२, २०६९
आफ्नो बखान गरेको छैन
चिनो हराएको केटो कस्तो किताब हो ?
मेरो आफ्नै जीवनी हो । बाल्यकालदेखि अहिलेसम्मका उल्लेखनीय घटना यसमा समेटेको छु । मदन दाइ (मदनकृष्ण श्रेष्ठ) सँगको सहकार्यका धेरै प्रसङ्गहरूको खुलासा यो पुस्तकमा पाउनुहुनेछ ।
पाठकले कहिलेसम्म पढ्न पाउनेछन् ?
यही चैतभित्रै लेखेर सक्ने र वैशाखको पहिलो सातासम्म पाठकको हातमा पुर्याउनुभएको योजना छ । मेरी दिवंगत पत्नी मीराको दोस्रो स्मृति दिवस पारेर ७ वैशाखमा पुस्तक सार्वजनिक गर्ने कार्यक्रम छ ।
यो पुस्तक लेख्नुको उद्देश्य के हो ?
हरिवंश आज जे छ त्यो सजिलै बनेको होइन रहेछ भन्ने जानकारी पुस्तक पढेपछि पाठकहरूलाई हुनेछ । हरेक मान्छेमा केही न केही सकारात्मक गुण हुन्छन्, जुन अरूका लागि पनि रुचिकर र अनुकरणीय हुनसक्छन् भनेर आफ्नो कुरा पाठकसँग बाँड्न खोजेको हुँ ।
अरू आत्मकथा र यसमा के फरक छ ?
आत्मकथा पढिसक्दा हरिवंश भन्ने मान्छे पनि अरू जस्तै साधारण रहेछ भन्ने यथार्थ बोध हुनेछ, पाठकलाई । छोटोमा भन्दा हरिवंश ठूलो मान्छे होइन भन्ने सत्य सबैले थाहा पाउनेछन् । पर्दा र मञ्चमा हँसाउने मान्छेका गम्भीर कुरा यसमा पढ्न पाउनुहुनेछ ।
नेपाली आत्मकथामा लेखकीय इमानदारी नरहेको बताइन्छ । तपाईंले यसमा ध्यान पुर्याउनुभएको छ ?
जुन विषय समाज र व्यक्तिका लागि पनि हानिकारक हुन्छ, त्यो नलेख्दा नै बेस । तर, अहिलेसम्म बाहिर नआएका धेरै विषय र घटनाको खुलासा गरेको छु । आफ्नो बारेमा बढाइँचढाइ नहोस् भन्ने पनि ध्यान दिएको छु ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
