रमझममंगलबार, चैत्र १३, २०६९
होलीको रंग हटाउने घरेलु उपाय
रातो, हरियो, निलो, पहेंलो अनेकौं रंगहरु दलेर खेलिने होलीले अनुहारको छालामा हानी पुर्याउँछ भन्ने चिन्ताले विशेष गरी युवतीहरुलाई सताउँछ ।
छालाको कान्ति कायमै राख्न र रंग हटाउन केही घरेलु उपायहरु:
– चनाको पिठोमा कागतीको रस र दुध मिसाएर पेष्ट बनाउनुहोस र छालामा लगाउनुहोस् । १५–२० मिनेटपछि मन तातो पानीले सफा गर्नुहोस ।
– काँक्रोको रस दुई चम्चा, आधा चम्चा गुलाब जल र एक चम्चा ‘भिनेगर’ मिसाएर तयार पारिएको मिश्रणले हातमुख धुनुहोस । यसले रंग त पखालिन्छ छालामा पनि निखार आउँछ ।
– मुलाको रस, दुध र मैदामा मिसाएर बनाइएको पेष्ट अनुहारमा लगाएर केही बेरपछि मनतातो पानीले सफा गर्नुहोस । अनुहार सफा हुनेछ ।
– जौको पिठो र देशी बदामको तेल मिसाएर बनाइएको लेप लगाएर पनि छाला सफा गर्न सकिन्छ ।
– दुधमा काँचो मेवा पिसेर मिसाउनुहोस । त्यसमा थोरै मुलतानी मिट्टी र बदामको तेल हालेर बनाइएको लेप अनुहारमा लगाउनुहोस र आधा घंटापछि अनुहार सफा गर्नुहोस ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
