Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हङकङसँग नेपाल पराजित - Himalkhabar.com

खेलकुदबुधबार, चैत्र १४, २०६९

हङकङसँग नेपाल पराजित

हिमालखबर

क्रिकेटर वसन्त रेग्मी । फाइल तस्बीर

नेपालले दिएको ११६ रनको लक्ष्य हङकङले ४ विकेट गुमाउँदै १६ दशमलव १ ओभरमा नै पूरा गर्‍यो ।

कीर्तिपुर मैदानमा टस जितेर पहिलो ब्याटिङमा उत्रिएको नेपालले हङकङ सामु उत्कृष्ट प्रदर्शन गर्न सकेन । हङकङका बलर हावी भएपछि नेपाल २० ओभरको खेलमा ९ विकेट गुमाउँदै ११५ रनमा समेटिएको थियो ।

नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ३८ रनको योगदान दिए भने प्रदीप ऐरी २१ रन बनाएर आउट भए । ऐरीले माल्दिभ्स विरुद्धको पहिलो खेलमा ५७ रनको अर्धसतकीय पारी खेलेका थिए । कप्तान पारस खड्का, बसन्त रेग्मी र सरद भेषवाकर जस्ता अनुभवी व्याट्सम्यानले दोहोरो अंक समेत बनाउन नसक्दा नेपालले विपक्षीसामु ठूलो लक्ष्य प्रस्तुत गर्न नसकेको हो ।

हङकङलाई विजयी बनाउने क्रममा निजाकत खानले ४२, वाकस बरकतले ३९ र इरफान अहमदले ३० रनको योगदान गरेका थिए । बलिङतर्फ हङकङका नदिम अहमदले ३ र तनविर अफजल र अजिज खानले २/२ विकेट लिएका थिए ।

हारसँगै सेमिफाइनल प्रवेशका लागि नेपालले बाँकी खेल जित्ने पर्ने भएको छ । अब नेपालले १७ चैतमा मलेसियाविरुद्ध खेल्नेछ ।
————————————————————————————–

नेपालद्वारा हङकङलाई ११६ रनको लक्ष्य


हिमालखबर

बुधबार , १४ चैत्र २०६९ ११:१७ एम

एसीसी ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत १४ चैतमा भएको खेलमा नेपालले हङकङविरुद्ध ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिलो ब्याटिङमा उत्रिएको नेपालले हङकङ सामु उत्कृष्ट प्रदर्शन गर्न सकेन । हङकङका बलर हावी भएपछि नेपाल २० ओभरको खेलमा ९ विकेट गुमाउँदै ११५ रनमा समेटिन पुग्यो ।

नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ३८ रनको योगदान दिए भने प्रदीप ऐरी २१ रन बनाएर आउट भए । ऐरीले माल्दिभ्स विरुद्धको पहिलो खेलमा ५७ रनको अर्धसतकीय पारी खेलेका थिए । कप्तान पारस खड्का, बसन्त रेग्मी र सरद भेषवाकर जस्ता अनुभवी व्याट्सम्यानले दोहोरो अंक समेत बनाउन नसक्दा नेपालले विपक्षीसामु ठूलो लक्ष्य प्रस्तुत गर्न नसकेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>