रमझमबिहीबार, चैत्र १५, २०६९
सञ्जय दत्तले माफीको अपिल नगर्ने
सन् १९३३ मा मुम्बईमा भएको विष्फोटसँग जोडिएको अवैध हतियार सम्बन्धीमा मुद्दामा अभिनेता सञ्जय दत्तलाई ‘सुप्रिम कोर्ट’ ले ५ वर्षको सजाय सुनाएपछि विभिन्न क्षेत्रका व्यक्तिहरुले उनलाई माफी दिइनु पर्ने माग गर्दै आएका छन् ।
पत्रकारहरुसँगको कुराकानीमा सञ्जय दत्तले आफूले माफीका लागि अपील नगर्ने र न्यायालयले दिएको एक महिनाको अवधिभित्र जेल जाने बताएको बीबीसीले जनाएको छ । सञ्चारमाध्यमहरुका अनुसार यसो भन्दै गर्दा सञ्जय दत्त रोएका थिए र सँगै रहेकी बहिनी प्रिया दत्तलाई अंगालो मारेका थिए । सञ्जय दत्तले भने, “मैले माफीका लागि निवेदन नदिने निर्णय गरेको छु, मलाई लाग्छ यस्ता धेरै मानिसहरु छन् जसलाई माफी दिइनुपर्छ ।”
न्यायालयले ५ वर्षको सजाय सुनाए पनि दत्त पहिले नै १८ महिना जेल बसिसकेकाले अब उनले साढे तीन वर्ष जेलमा विताउनु पर्नेछ ।
यसअघि भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस मार्कण्डेय काटजुले महाराष्ट्रका गभर्नरलाई पत्र लेखेर सञ्जय दत्तलाई माफी दिन माग गरेका थिए ।
सञ्जय दत्तले जेल जानुअघि बचेको समयमा आफ्ना निर्माणाधिन फिल्महरु पूरा गर्न प्रयास गर्ने पनि बताएका छन् ।
सञ्जय दत्तले आफूले कानून र अदालतको फैसलाको सम्मान गर्ने बताएका थिए ।
एजेन्सीहरु
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
