Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रहरी र मनाङ्मर्स्याङदी क्लबलाई आर्थिक जरिवाना - Himalkhabar.com

खेलकुदबिहीबार, चैत्र १५, २०६९

प्रहरी र मनाङ्मर्स्याङदी क्लबलाई आर्थिक जरिवाना

हिमालखबर

एन्फा अनुशासन समितिको १५ चैतमा बसेको बैठकले दुवै टिमका समर्थकले अनुशासनहीन काम गरेको भन्दै जरिवाना गर्ने निर्णय गरेको हो ।

९ चैतमा नेपाल प्रहरी र आर्मी क्लबबीचको खेलमा प्रहरीका समर्थकले प्यारापिटमा रहेको कुर्सी तोडफोड गरेको भन्दै प्रहरीलाई एक लाख ५० हजार जरिवाना गरेको छ । सो प्रतियोगिामा प्रहरीका गोलकिपर रितेश थापालाई रेफ्रीले रातो कार्ड देखाएपछि रङ्गशालाको पश्चिम प्यारापिटमा बसेका प्रहरीका समर्थकले प्यारापिटमा रहेका ७५ वटा कुर्सी भाँच्दै मैदानमा फाली अनुशासनहीन कार्य गरेकाले जरिवाना गरिएको एन्फले जनाएको छ ।

यस्तै मनाङ्मर्स्याङदी क्लबलाई भने रु ३८ हजार जरिवाना गरिएको छ । ६ चैतमा भएको मनाङ्मस्र्याङ्दी र थ्रिस्टार क्लबबीचको खेलमा मनाङ्मस्र्याङ्दी क्लबका समर्थकले रङ्गशालाको पश्चिमतर्फको प्यारापिटका १९ कुर्सी तोडफोड गरी नष्ट गरेको भन्दै सो जरिवाना गरिएको हो ।

प्रतियोगितामा खेल सकिएपछि खेलाडीले हात मिलाउने क्रममा मनाङका विदेशी खेलाडी एमबिल लिओनेलले थ्रिस्टारका सुलभ मास्केलाई अपशब्द प्रयोग गर्दै मुक्का प्रहार गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए । रेफ्रीको उक्त निर्णयको विरोधमा मनाङका समर्थकले कुर्सी तोडफोड गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>