समाचारसोमबार, जेठ १५, २०६९

एमाओवादी कदम जन विरोधी भएको दलहरुको ठहर, मिलेर प्रतिकार गर्ने

हिमालखबर

राजधानीमा १५ जेठमा बसेको सामुहिक भेलाले एमाओवादीको संविधान विघटन गर्ने कदमलाई राष्ट्र र जन विरोधी कदम ठहर गर्दै त्यसको विरुद्धमा एक भएर अघि बढने निर्णय गरेको छ ।

बैठकपछि पत्रकारहरुरसँग कुरा गर्दै एमाले अध्यक्ष झलनाथ खनालले मुलुकसामु खडा भएको चुनौतिसँग लडन देशभक्ती र लोकतान्त्रिक शक्तिहरु एक भएर अघि बढन छलफल सुरु गरेको बताए । एमाले नेता माधकुमार नेपालले सरकारले गरेको निर्वाचनको घोषणा संवैधानिक नभएको र सत्ता कब्जा गरेर आफुले चाहे जस्तो संविधान बनाउने कुत्सित मनसायले आएको बताए ।

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले सरकारको नैतिक र राजनैतिक औचित्य सकिएकाले प्रधानम्त्रीले राजीनामा दिनुपर्ने बताए । उनले भने पहिल्यै बनिबनाउ षणयन्त्र अनुसार संविधानसभाको अवसान गरिएकाले सबैले डटेर माओवादी को प्रतिकार गर्नु पर्ने बताए ।
१६ जेठ २ बजे अर्को छलफल गरेर ठोस निर्णहरु अघि सारिने दलका नेताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>