अर्थ/बजारशुक्रबार, चैत्र १६, २०६९

रसुवाको पानी कोरिया निकासी

हिमालखबर

स्थानीय बजारमा गतवर्षदेखि बिक्री वितरण शुरु गरिएको हिमालयन वाटर पहिलो चरणअन्तर्गत आजदेखि कोरिया निकासी गरिएको हिमालयन स्प्रिङवाटर प्रालिका जनसम्र्पक विभाग प्रमुख डिल्लीराम गिरीले जानकारी दिए ।

उनले दोस्रो चरणदेखि साउदी अरब तथा दुबईमा पानी निकासी गरिने र यस सम्बन्धी सम्झौता भइसकेको बताए ।

धुन्चे गाविसमा उत्पादित पानीको प्रति बोतल मूल्य रु ४५ हो र विदेशको लागि यसको मूल्य तीन डलर निर्धारण गरिएको छ ।

चालुपुँजी रु ४० करोड रहेको यो कम्पनीको गतिविधि र प्रशोधन प्रक्रियाबारे जानकारी दिन कम्पनीले राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन, सुरक्षा निकाय र पत्रकारलाई आमन्त्रण गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>