रमझमशनिबार, चैत्र १७, २०६९
अमिताभले परिणीतिलाई फूल पठाए
वर्षौं पहिले अमिताभलाई फिल्म ‘नाम’ मा सञ्जय दत्त र कुमार गौरवको अभिनय यती धेरै मन पर्यो कि उनले दुवैलाई घरमा डिनरका लागि बोलाए र सुनको सिक्री उपहार दिए ।
अहिले उनले बलिउडकी नयाँ अभिनेत्री परिणीति चोपडालाई फूलको बुके उपहार पठाएका छन् । परिणीतिले फिल्म ‘इश्क जादे’ मा गरेको अभिनय यी महान कलाकारलाई औधी मन परेको रहेछ । अमिताभबाट फूल उपहार पाएर परिणीति दंग परेकी छन् ।
भारतको ६० औं राष्ट्रिय फिल्म अवार्डसका निर्णायकहरुले पनि परिणीतिले गरेको अभिनयको खुलेर प्रशंसा गरेका छन् । आगामी दिनमा परिणीतिले अभिनय गरेका उम्दा फिल्म हेर्न पाइने फिल्म समिक्षकहरु बताउँछन् ।
एजेन्सीहरु
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
