Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सरकारको अधिनायकवादी सोचले संविधानसभा विघटन-नागरिक समाज - Himalkhabar.com

समाचारमंगलबार, जेठ १६, २०६९

सरकारको अधिनायकवादी सोचले संविधानसभा विघटन-नागरिक समाज

हिमालखबर

१५ जेठमा  नागरिक समाजका व्यक्तित्वहरूद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा दलहरुले संविधान जारी गर्ने दायित्व पूरा नगरी संविधानसभा स्वतः विघटन गरेकाले संविधानसभाको अन्त्यसँगै मुलुक राजनीतिक अन्यौलको भूमरीमा फसेको बताएका छन् । विज्ञप्तिमा संविधानसभाको सफलताका लागि समेत प्रभावकारी भूमिका पूरा नगर्न र संविधानको अवस्थाको प्रतिकूल आफैँ कार्यकारी अधिकार सम्पन्न भएको दाबी गैरराष्ट्रिय सहमति विपरीत अगाडि बढ्ने सरकारको अधिनायकवादी सोच र कदम खतनाक रूपमा देखापरेको उल्लेख गरिएको छ ।
जनताको संविधान बनाउने प्रतिबद्धताका साथ संविधानसभा र सत्तामा पुगेकाहरूले आफ्नो असफलता स्वीकार गरिसके पनि नेपाली जनता भने नहारेको विज्ञप्तिमा उल्लेख छ । आफू स्वयम्ले आफ्नो असफलता स्वीकार गरिसकेको व्यक्ति र दललाई जनताको नाममा शासन गर्न नैतिक एवम् संवैधानिक अधिकार पनि समाप्त भएको  दाबी विज्ञप्तीमा गरिएको छ ।
त्यसैगरी विज्ञप्तीमा भनिएको छ ‘सङ्कटको घडीमा मुलुकको सुरक्षा, जनताको शान्तिसुरक्षा र अमनचयन तथा नेपाली जनताबीचको एकता र सहिष्णुताको रक्षा एवम् स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि संविधानबमोजिम सरकार प्रमुख भइरहन अयोग्य भइसकेका डा.बाबुराम भट्टराईले मार्गप्रशस्त गरी राष्ट्रिय सहमतिमा आधारित निष्पक्ष सरकारको अविलम्ब गठन गर्नुका विकल्प छैन् ।’
नागरिक समाजका प्रेमबहादुर खड्का, हरिहर विरही, डा.केदारनरसिंह केसी, तारानाथ दाहाल र चरण प्रसाईलगायत ५९ जना व्यक्तित्वहरूले सो विज्ञप्ति जारी गरेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>