खेलकुदआइतबार, चैत्र १८, २०६९

नेपाल सेमिफाइनलमा

हिमालखबर

१८ चैतमा किर्तीपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा सिङ्गापुरलाई १२२ रनले पराजित गर्दै सेमिफाइनाल प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले सिङ्गापुर सामु २११ रनको लक्ष राखेको थियो । जवाफी ब्याटिङमा सिङ्गापुर १५.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमा समेटियो । नेपालले सेमिफाइनलमा युएई बिरुद्ध खेल्नेछ ।
—————————————————

सिंगापुर सामु नेपालद्वारा २११ रनको लक्ष्य प्रस्तुत

काठमाडौमा जारी एसिसी ट्वान्टी– ट्वान्टी कप क्रिकेट प्रतियोगिता अन्र्तगत १८ चैतमा भएको खेलमा नेपालले सिंगापुरलाई २११ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदान किर्तिपुरमा भएको खेलमा नेपालले पुरै २० ओभरमा ५ विकेट गुमाएर २१० रन जाड्यो । यो प्रतियोगिताकै सबैभन्दा ठूलो स्कोर हो ।

विनोद भण्डारीको अर्धशतकसँगै कप्तान पारस खड्काले ४४, उपकप्तान ज्ञानेन्द्र मल्लले ११ बलमा चार छक्का र १ चौकासहित ३० रन बनाए । शरद भेषवाकरले २६ र प्रदीप ऐरीले ३० रन बनाए । शुरुवातमा कमजोर प्रदर्शन गरेको नेपालले सुबास खकुरेलपछि उत्कृष्ट ब्याटिङ गरेको थियो । सुवास खकुरेल भने ५ रनमै आउट भए ।

अहिले सिंगापुरले नेपाल विरुद्ध जवाफि ब्याटिङ गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...