रमझमआइतबार, चैत्र १८, २०६९

युद्धकालको कथामा उमा

हिमालखबर

सशस्त्र हिंसाको कथा बयान गर्ने फिल्म 'उमा' जेठमा रिलिज हुँदैछ ।

आगामी १० जेठदेखि प्रदर्शनमा आउन लागेको ‘उमा’मा द्वन्द्वकालमा एउटा परिवारले भोग्नुपरेको पीडाको कथा उतारिएको छ । दाजुबहिनीका बीच वैचारिक मतभेद आएपछि परिवार पीडाको भुमरीमा तानिन्छ ।

फिल्ममा मिथिला शर्मा, पुष्कर गुरुङ, सौगात मल्ल, ऋचा शर्मा, दयाहाङ राईलगायतका कलाकारहरूको अभिनय छ । तुलसी घिमिरे, अशोक शर्मा, निश्चल बस्नेतलगायत निर्देशकले पनि यो फिल्ममा अभिनय गरेका छन् । फिल्मले द्वन्द्व पीडित नेपाल र नेपालीको समग्र परिवेश उतारेको बताउने निर्देशक शेर्पा भन्छन्, “राजनीतिक घटनाक्रम र त्यसले नेपाली समाजमा पारेको प्रभाव फिल्ममा छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>