रमझमसोमबार, चैत्र १९, २०६९

आइन् सम्झना

हिमालखबर

महिला निर्देशकको उपस्थिति न्यून भएको चर्चा भइरहँदा सुचित्रा श्रेष्ठ, सरिना गुरुङ, दीपा बस्नेतपछि अहिले सम्झ्ना उप्रेती रौनियार चलचित्र मेघा को निर्देशकका रूपमा देखा परेकी छन् ।

वीर गणेशमान, मामाघर, मनमन्दिर, सिउँदोको सिन्दुर जस्ता चलचित्रमा सहायक निर्देशक हुँदै रौनियारले बलिउडका जेनिफर, राइट या रंग, जस्ता हिन्दी र खेला भोजपुरी चलचित्रमा सहायक निर्देशकको अनुभव बटुलिसकेकी छन् ।

चलचित्र निर्देशनमा स्नातक सम्झना भन्छिन्, “सिनेमा निर्देशनको अध्ययन तथा एक दशकको सहायक निर्देशनको अनुभवका कारण प्रतिफल सकारात्मक हुनेमा विश्वस्त छु ।” नेपाली चलचित्र क्षेत्रले सम्झ्नाबाट संभावनाको अपेक्षा गरेको छ ।

शहरिया उच्च मध्यमवर्गीय दम्पतीको व्यस्त जीवनशैलीले दाम्पत्य जीवनमा पारेको असर समेटिएको यो चलचित्रको छायांकन गत साता सकिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>