रमझममंगलबार, चैत्र २०, २०६९

सञ्जयका बारेमा धेरै नबोलौं: अमिताभ

हिमालखबर

तर दत्त परिवार निकट अमिताभ बच्चनले भने यस विषयमा मौन साधेका थिए । बरु अमिताभकै पत्नी एवम् अभिनेत्री जया बच्चनले सञ्जलाई माफी दिन अपील समेत गरिन, त्यसबेलासम्म पनि अमिताभ मौन नै रहे । फेसबुक र ट्वीटर मा सक्रिय हुने अमिताभले यहाँ पनि कुनै टिप्पणी गरेनन् ।

आखिरमा उनले आफ्नो मौनता तोड्नै प¥यो । मुम्बइमा आयोजित एक पत्रिका विमोचन कार्यक्रममा पुगेका अमिताभलाई पत्रकारहरुले सञ्जय दत्तका सम्बन्धमा मुख खोल्न बाध्य पारे ।

पत्रकारहरुको जवाफमा अमिताभले भने, “उनी (सञ्जय दत्त) माथि पहिले नै प्रिंट र इलेक्ट्रोनिक मिडियामा यति धेरै चर्चा भइसकेको छ, यो समय उनलाई एक्लै छोडौं । उनी आफैंले पनि यस्तै विचार ब्यक्त गरेका छन्, त्यसैले उनको इच्छाको कदर गर्नुपर्छ ।”

अमिताभ बच्चन सञ्जय दत्तका बाबु सुनिल दत्त र आमा नरगसि दत्तसँग निकै घनिष्ठ थिए । अमिताभ आफैंले पनि आफ्ना शुरुका दिनहरुमा नरगिसले आफूलाई धेरै मद्दत गरेको बताउँदै आएका छन् । अमिताभलाई उनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ मा काम दिलाउनमा नरगिसकै हात थियो ।

त्यस्तै सुनिल दत्तले पनि अमिताभका संघर्षका दिनमा उनलाई आफ्नो फिल्म ‘रेश्मा और शेरा’ मा मौका दिएका थिए ।
सञ्जय दत्त पनि अमिताभसँग ‘कांटे’, ‘हम किसी से कम नहीं’ ‘विरुद्ध’ ‘शुटआउट एट लोखण्डवाला’, ‘एकलव्य’ जस्ता फिल्महरुमा काम गरिसकेका छन् ।

यसअघि जया बच्चन, अजय देवगनलगायतका बलिउडका तमाम कलाकारहरुले सञ्जय दत्तलाई सान्त्वना दिंदै उनलाई माफी दिनुपर्ने अपील गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>