खेलकुदबुधबार, चैत्र २१, २०६९

अफगानिस्तान ७ विकेटले विजयी

हिमालखबर

नेपाली टोलीका कप्तान पारस खड्का

नेपाली टोलीका कप्तान पारस खड्का ।

अनुराग अधिकारी

कीर्तिपुरस्थित त्रिवि मैदानमा २१ चैतमा सम्पन्न फाइनलमा खेलमा अफगानिस्तान नेपाललाई सात विकेटले पराजित गर्दै चौथो पटक एसीसी २०/२० प्रतियोगिताको विजेता बनेको हो । नेपालले दिएको १३६ रनको सामान्य लक्ष्यलाई अफगानिस्तानले १७ दशमलव ५ ओभरमा पूरा गर्‍यो

अफगानिस्तानलाई वजयी बनाउने क्रममा ओपनिङ व्याट्सम्यान गुलबद्दिन नइवले अविजित ४३ रनको योगदान दिए भने मोहम्मद नवी ३८ र करिम सदिकको ३२ रन महत्वपूर्ण रह्यो ।

टस जितेर पहिलो फिल्डिङ रोजेको खेलमा अफगानिस्तानका व्याट्सम्यान नेपाली बलर अगाडि निकै हावी देखिन्थे । दर्शकको अपार समर्थन रहे पनि नेपालको व्याटिङ र बलिङ दुवै पक्ष कमजोर देखिनाले खेल अफगानिस्तानले सजिलै आफ्नो पक्षमा पार्न सफल भयो । नेपालका तर्फबाट शक्ति गौचन र कप्तान पारस खड्काले एक/एक विकेट लिए  ।
कप्तान पारस खड्काको अर्धसतकको योगदानले नेपालले अफगानिस्तानसामु १३६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

प्रारम्भिक व्याट्सम्यान सस्तैमा आउट भएपछि नेपालले अपेक्षाकृत रन बटुल्न सकेन । सुवास खकुरेल र प्रदीप ऐरीको जोडी केवल ११ रनमा समेटिंदा नेपालले १३५ रनमात्र बनाउन सक्यो । सुवासले १० रन बनाए भने प्रदीप १ रनमा नै आउट भए । तेस्रो नम्बरमा मैदान प्रवेश गरेका ज्ञानेन्द्र मल्ल पनि १० रनमै पेवेलियन फर्केपछि नेपालको हालत अझै खराब भयो ।
मध्यक्रमका व्याट्सम्यान कप्तान पारस खड्का र विनोद भण्डारीले भने सम्हालिएर खेल्दै आफ्नो टोलीलाई केही राहत दिलाए । नेपाललाई यो स्थितिमा पुर्‍याउने क्रममा कप्तान पारसले ५० रनको योगदान दिए । ६३ मिनेट मैदानमा टिकेका पारसले अर्धसतक पूरा गर्ने क्रममा ४० बलको सामना गरेका थिए । उनले ४ चौका र २ छक्का ठोके । यस्तै भण्डारीले ३ चौका र १ छक्काको मद्दतले ३२ रन बनाएका थिए । आफ्नो टोलीलाई सम्मानजनक स्थितिमा पुर्‍याउने क्रममा सरद भेषवाकरले तीन चौकाको मद्दतले २० रन बनाएका थिए । एसीसी २०/२० को फाइनलमा पराजित भए पनि नेपालले २०/२० विश्वकपको छनोट खेलमा स्थान पक्का गरेको छ ।

—————————————————————————————–
अफगानिस्तानलाई नेपालको सामान्य लक्ष्य

एसीसी २०/२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले अफगानिस्तानसामु १३६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

हजारौं दर्शकले खचाखच कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको छ ।

प्रारम्भिक व्याट्सम्यान सस्तैमा आउट भएपछि नेपालले अपेक्षाकृत रन बटुल्न सकेन । सुवास खकुरेल र प्रदीप ऐरीको जोडी केवल ११ रनमा समेटिंदा नेपालले १३५ रनमात्र बनाउन सक्यो । सुवासले १० रन बनाए भने प्रदीप १ रनमा नै आउट भए । तेस्रो नम्बरमा मैदान प्रवेश गरेका ज्ञानेन्द्र मल्ल पनि १० रनमै पेवेलियन फर्केपछि नेपालको हालत अझै खराब भयो ।

मध्यक्रमका व्याट्सम्यान कप्तान पारस खड्का र विनोद भण्डारीले भने सम्हालिएर खेल्दै आफ्नो टोलीलाई केही राहत दिलाए । नेपाललाई यो स्थितिमा पुर्‍याउने क्रममा कप्तान पारसले ५० रनको योगदान दिए । ६३ मिनेट मैदानमा टिकेका पारसले अर्धसतक पूरा गर्ने क्रममा ४० बलको सामना गरेका थिए । उनले ४ चौका र २ छक्का ठोके । यस्तै भण्डारीले ३ चौका र १ छक्काको मद्दतले ३२ रन बनाए ।

अन्तिम चरणका व्याट्सम्यान सरद भेषवारकले ११ बल खेल्दै २० रन बनाए । आफ्नो टोलीलाई सम्मानजनक स्थितिमा पु¥याउने क्रममा भेषवाकरले एकै ओभरमा तीन चौका प्रहार गरेका थिए । अफगानिस्तानका तर्फबाट गुलबद्दिन नइबले २ विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...