रमझमबुधबार, चैत्र २१, २०६९
सगरमाथातिर निशा
चलचित्रको अभिनयबाट फुर्सद निकालेर अधिकारी अहिले सगरमाथा चढाइको अन्तिम तयारीमा व्यस्त छिन्। यसका लागि उनी २४ चैतमा काठमाडौंबाट लुक्लातर्फ प्रस्थान गर्दैछिन्।
‘वातावरणमैत्री हिमाल आरोहण’को मुद्दा लिएर जान लागेकी अधिकारीको आरोहण प्रबन्ध सेभेन समिट ट्रेकिङले गरेको छ भने सम्पूर्ण खर्च रोटरी क्लब अफ नागार्जुनले जुटाएको छ। निशाले सगरमाथा चढ्नका लागि गत जेठमा मनाङमा पर्वतारोहण तालीम गरेकी थिइन्।
नेपाली फिल्म क्षेत्रको परिचय दिने झण्डा सगरमाथाको शिखरमा फहराउने उनको इच्छा छ। “हामीसँग चलचित्र उद्योगको नाम र झण्डा छैन”, उनले भनिन्, “फिल्म क्षेत्रको परिचय दिने नाम र झण्डा बनाउने विषयमा चलचित्रसँग सम्बन्धित संघसंस्थासँग कुराकानी भएको छ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
