समाचारमंगलबार, जेठ १६, २०६९
प्रधानमन्त्रीको घोषणाविरुद्ध कांग्रेस संघर्षमा जाने
नेपाली कांग्रेसले प्रधानमन्त्री बाबुराम भट्टराईको चुनाव घोषणा विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । पार्टी मुख्यालय सानेपामा १६ जेठमा बसेको वैठकले संर्घषमा जाने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले हिमालखबरलाई जानकारी दिए । २०६२/२०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने गरी संविधानसभा विघटन गरिएको ठहर गर्दै आफ्नो पार्टी यस्तो निश्कर्षमा पुगेको गुरुङको भनाई छ ।
बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभा विघटन सम्बन्धी समिक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्रीको कदमलाई अवैधानिक बताउँदै आएको कांग्रेसले केही बेरमा अन्य दलसँग पनि छलफल गर्दैछ । नेता गुरुङका अनुसार सानेपास्थित कांग्रेस कार्यालयमै हुने छलफलमा सरकार बाहिर रहेका सबै दललाई आमन्त्रण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>