Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एसियामा मडारिन खोज्दैछ युद्धको कालो बादल - Himalkhabar.com

थप समाचारशनिबार, चैत्र २४, २०६९

एसियामा मडारिन खोज्दैछ युद्धको कालो बादल

सञ्जीव शर्मा

आणविक अस्त्रसम्पन्न उत्तर कोरियाको यस्तो धम्कीले दक्षिण कोरिया मात्र नभएर अमेरिका अझ बढी सशङ्कित भएको छ ।

दक्षिण कोरिया र उत्तर कोरियाले आफूविरुद्ध अनर्गल र उत्तेजक प्रचार गर्दै आएकाले बाध्य भएर युद्धको अवस्थामा जानुपरेको र युद्धबाटै त्यसको समाधान निस्कने उत्तरकोरियाको पछिल्लो भनाइप्रति तत्काल सम्बन्धित पक्ष राष्ट्रहरू शान्तिपूर्ण विकल्पतर्फ नलाग्ने हो भने त्यसको गम्भीर परिणाम विश्वले भोग्नु पर्ने अवस्था आउन सक्छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले पनि उत्तर कोरियाको कारण विश्वमा पुनः युद्धको खतरा बढ्दैगएको बताएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार दक्षिण कोरिया र अमेरिकाविरुद्ध उत्तर कोरियाले दिएको युद्धको धम्कीका कारण सम्भावित युद्ध रोक्न अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको तत्काल आवश्यकता रहेकोमा महासचिव मुनले जोड दिएका छन् ।

उत्तर कोरियाली तानाशाह किम जोङ उनले हालै आफ्ना उच्च सैनिक अधिकारीहरूसँग आकस्मिक बैठकपछि अमेरिकाविरुद्ध युद्ध नजिक आइसकेकाले तयार रहन निर्देशन दिएको त्यहाँको कोरियन समाचार समितिले जनाएको छ । यस विषयलाई लिएर अमेरिकी रक्षामन्त्री चक ह्यागलले केही समयदेखि उत्तर कोरियाको व्यवहारले यस क्षेत्रको सुरक्षामा खतरा पु¥याएको बताएको एपीले लेखेको छ ।

एउटै कोरियाली प्रायद्धीपका दुई मुलुकको सम्बन्ध शत्रुवत रहँदा सिङ्गो विश्वका लागि नै खतराको घण्टी बजेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता किम मिन सोकले हालै दिएको वक्तव्यमा उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण गरेमा उत्तर कोरियाली शासकको अस्तित्व समाप्त हुने चेतावी दिएका छन् ।

यसरी आरोप प्रत्यारोप हुँदै युद्धको अवस्था आयो भने त्यसले विश्वलाई पुनः धुर्वीकरण नगर्ला भन्न सकिन्न । र त्यतिबेलाको युद्धमा रसायनिक हतियार र लामो तथा मध्यम दूरीका अस्त्रको प्रयोगले के कति क्षति पु¥याउने हो अनुमान लगाउन गाह्रो पर्दछ । किनकी शीतयुद्धको समाप्ति भए पनि सैन्य हिसाबले पनि चीन नयाँ शक्तिको रूपमा अगाडि आएको छ ।

अहिले पनि उत्तर कोरियालाई चीनले खुलेर समर्थन गरेको अवस्थामा समस्या जटिल बनेर जाने विश्लेषकहरू बताउँछन् । भलै अहिलेसम्म यस विषयमा चीनले युद्धलाई भन्दा व्यापारिक आधारमा अन्य मुलुकहरूसँगको सम्बन्धलाई महत्व दिएको छ । कोरियाली दुवै देश केही वर्षदेखि आ–आफ्नै ढङ्गबाट युद्धको तयारीमा जुट्दै आएका छन् । तुलनात्मकरूपमा हतियार र सैन्यका दृष्टिले दक्षिण कोरियाभन्दा उत्तर कोरिया बढी शक्तिशाली देखिन्छ तर दक्षिण कोरियालाई अमेरिकाको प्रत्यक्ष सहयोग र समर्थन रहँदै आएको छ ।

उत्तर कोरियाले पछिल्लोपटक गत फेब्रुअरी १२ मा आणविक परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाले मात्र नभई संयुक्त राष्ट सङ्घले समेत चिन्ता र आपत्ति जनाएका थिए । यसको लगत्तै दक्षिण कोरियाले पनि क्रुज मिसाइल परीक्षण ग¥यो । हाल उत्तर कोरियासँग करिब १२ लाख सैनिक, १२ हजारभन्दा बढी तोप र मध्यम दूरीका लागि मिसाइल पनि छ ।

उसले यी हतियारहरू सीमा नजिकै राखेको छ । उत्तर कोरियासँग केही पनडुब्बी, ८०० भन्दा बढी लडाकु जेट विमान, चार हजारभन्दा बढी ट्याङक मात्र होइन, करिब आठवटा आणविक हतियार र पाँच हजार मेट्रिक टन जैविक तथा रासायनिक हतियार छन् ।

गत डिसेम्बरमा उत्तर कोरियाले लामो दूरीको “जेन्हा–३” नामक क्षेप्यास्त्र पनि परीक्षण गरेको थियो । यता दक्षिण कोरिया पनि हतियार र सैन्य तन्दुरुस्तीमा लागेको छ । उसले हालै आफ्ना केही सैन्य ट्याङ्कहरूलाई सीमा क्षेत्रमा तैनाथ गराएको छ । दक्षिण कोरियासँग पनि लडाकु विमानहरू ४६० वटा, सैन्य ट्याङ्कहरू दुई हजार ४०० वटा रहेका छन् ।

दक्षिण कोरियामा साढे २८ हजार अमेरिकी सैनिक तैनाथ रहँदै आएका छन् । यसरी दुई कोरिया हतियार र सैन्य शक्तिबाट बलिया रहेकाले युद्धको खतरालाई बढाएको छ । दुई कोरियाबीचको शक्ति सङ्घर्षले मात्र होइन, एसियाका अन्य राष्ट्रहरूमा पनि बढ्दो हतियार मोहले कुनैपनि बेला कतैबाट सल्किने युद्धको आगोलाई बढाउन मद्दत गर्नेछ । विश्वमा कुल सैनिक खर्चमा एसियाले करिब २० प्रतिशत स्थान ओगटेको छ ।

विश्वमै दोस्रो आर्थिक शक्तिको रूपमा उदयमान बनेको चीन हतियार र सैन्यबलले पनि अगाडि बढेको छ ।

पूर्वी एसियाली रणनीतिक पुनरावलोकनका एसिया विज्ञ मानिने साइमन बाजमेन एसियाका अधिकांश मुलुकहरूबीच सीमा विवाद रहेकाले युद्धको प्रशस्त खतरा रहेको देख्छन् । दुई कोरियाबीचको द्वन्द्व, भारत र पाकिस्तानबीच कश्मीरको विवाद, साउथ चाइन सी यहाँका प्रमुख विवाद रहेको र सम्बन्धित राष्ट्रहरूमा रहेको अन्धराष्ट्रवादले कुनै पनि दिन डरलाग्दो युद्धलाई निम्त्याउनसक्ने उनको तर्क छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>