समाचारमंगलबार, जेठ १६, २०६९

भट्टराई सरकार काम चलाउ-राष्ट्रपति यादव

हिमालखबर

राष्ट्रपति डा. रामवरण यादव

राष्ट्रपति कार्यालयबाट १६ जेठमा जारी विज्ञप्तिमा व्यवस्थापिका संसदको सदस्य नरहेकाले भट्टराई स्वत पदमुक्त भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा ७ मा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने विभिन्न ४ वटा अवस्था उल्लेख गरिएका र सो उपधाराको खण्ड ख मा ‘निज व्यवस्थापिका-संसदको सदस्य नरहेमा’ भन्ने वाक्याश रहेको छ । माथिको व्यहोराबाट संविधानसभा र व्यवस्थापिका-संसदको अस्तित्व समाप्त भइसकेको स्थितिमा व्यवस्थापिका-संसदको सदस्यको हैसियतमा प्रधानमन्त्रीको उमेदवार बनी निर्वाचित हुनुभएका तत्कालीन संविधानसभाका माननीय सदस्य डा. बाबुराम भट्टराईको सदस्यता समेत संविधानसभाको समाप्ति सँगसँगै स्वतः समाप्त हुन गएको ।’

आफ्नो पदबाट मुक्त भए भट्टराईको अध्यक्षतामा गठित मन्त्रिपरिषदलाई संविधानको धारा ३८ को उपधारा ९ बमोजिम अर्को मन्त्रिपरिषद गठन नभएसम्म दैनिक कार्य सचालन गर्न स्मरण गराइएको छ । भट्टराई नेतृत्वको मन्त्रिपरिषदद्वारा सम्पादन गरिएका कामका लागि राष्ट्रपति यादवले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

विज्ञप्तिको छैठौं तथा अन्तिम बुँदामा राजनीतिक सहमति र सहकार्यको संस्कृतिलाई प्रोत्साहित गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरिएको छ । संविधानसभाको अनपेक्षित अवसानका कारण उत्पन्न राजनीतिक अन्यौलको निकास शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाटै पहिल्याइने विश्वास पनि राष्ट्रपतिले व्यक्त गरेका छन् ।

प्रधानमन्त्री भट्टराईले १४ जेठ राति ७ मंसिरमा निर्वाचन घोषणा गरेका थिए ।

विज्ञप्तिको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>