खेलकुदशनिबार, चैत्र २४, २०६९

बुढासुब्बा गोल्डकप शुरु

हिमालखबर

तस्वीरः सोहन श्रेष्ठ

२४ चैतमा भएको उदघाटन खेलमा धरान फुटवल क्लवले भुटानको सीएफसी क्लवलाइ २–१ गोलले पराजित ग¥यो । खेल शुरु भएको सात मिनेटमा धरानका खेलाडी प्रकाश वुढाथोकीले गोल गरेका थिए । भुटानका तर्फबाट पहिलो हाफको १८ मिनेटमा सोरनले १ गोल गरी खेललाइ वरावरीमा ल्याएका थिए । दोस्रो हाफको ३१ औ मिनेटमा धरान क्लवका सेगुनले थप १ गोल गरी आफनो टीमलाइ विजयी गराए ।

धरान फुटवल क्लवको आयोजनामा भइरहेको वुढासुब्बा गोल्डकपको विजेताले ३ लाख २५ हजार र उप विजेताले १ लाख ६२ हजार ५ सय पुस्कार पाउने आयोजकले जानकारी दिएको छ । २५ चैतमा शहिद स्मारक लिग विजेता तथा गत सालको वुढासुब्बा गोल्डकप विजेता थ्रीस्टार क्लव र पोखराको साहरा क्लव पोखराबीच खेल हुनेछ । प्रतियोगितामा आठ वटा टीमको सहभागिता रहेको छ ।
सिता मादेम्बा, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...