रमझमआइतबार, चैत्र २५, २०६९

सरस्वतीको एकल कविता वाचन

हिमालखबर

एकल वाचनमार्फत छाईसकेकी सरस्वती प्रतिक्षा

पोखराका स्रोता दर्शकमाझ एकल वाचनमार्फत छाईसकेकी सरस्वती प्रतिक्षाले कवितालाई पाँच भागमा बाडेर वाचन गरिन्, आधा क्यानभामा देश, नाम अनाम पात्र, स्वास्नी मान्छेका कविता, प्रेममा आख्यान र सम्बोधित आस्था शीर्षकमा । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी कार्इला, नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रचण्ड मल्ल, कवि मञ्जुल लगायत साहित्यकारहरुले सरस्वतीको रचना क्षमता र प्रस्तुतीको कार्यक्रममा खुलेरै तारिफ गरे ।

करिब डेड घन्टाको लामो कविता वाचामा सरस्वतीले ऊटहरुको देशमा, कविको अज्ञात चिहान, सम्बन्धको सौन्र्दय शास्त्र, अदालत लगायत दुई दर्जन रचना सुनाउन भ्याइन् । सांग्रिला बुक्स र एभरग्रिन क्रिएसनले कार्यक्रमको आयोजना गरेको थियो । सरस्वतीले कार्यक्रममा कविता वाचनसँगै उनको कविता संग्रह ‘बागी सारङगी’ लाई पनि कवि तीर्थ श्रेष्ठ र श्यामलको हातबाट सार्वजनिक गराइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>