समाचारबुधबार, जेठ १७, २०६९
रेलवे महाप्रबन्धकको हत्या
गाउँमा पोखरीसम्बन्धी बैठक चलिरहेका बेला पूर्वप्रहरी शिवहरि यादव, उनका भाइ आजाद सहित १०-११ जनाको समूहमा आएका व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । गोली लागेर तारापट्टी-१ सिरसिया बस्ने ५० वर्षीय सुरेशप्रसाद यादव, ३५ वर्षीय श्यामप्रसाद यादव, ६५ वर्षीय राजेन्द्रप्रसाद यादव र ६० वर्षीय श्रीप्रसाद यादव घाइते भएका छन् ।
गोली लागी सिकिस्त घाइते भएका सुरेशप्रसाद र राजेन्द्रप्रसादलाई थप उपचारका लागि राति नै धरानतर्फ पठाइएको छ । अन्य घाइते श्यामप्रसाद र श्रीप्रसादको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सन्तोषजनक रहेको चिकित्सकले बताएका छन् ।
सर्वोच्च अदालतबाट मुद्दा जितेपछि महाप्रबन्धक यादव श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा कार्यरत थिए । मृतक यादवका दुइ छोरा र एक छोरी छन् । घटनामा संलग्न भनिएका पूर्वप्रहरी शिवहरि, उनका भाइ आजाद र अन्य व्यक्ति घटना फरार रहेको र प्रहरीले उनको खोजी गरिरहेको छ । रासस