अन्तर्वार्ता/विचारबुधबार, चैत्र २८, २०६९

क्रिकेटमा लगानीको बेला हो: पारस खड्का

हिमालखबर

यसपटकको एसीसी ट्वान्टी–ट्वान्टी कपको उपलब्धि के हो?
पहिलो पटक फाइनलमा पुग्नु नै उपलब्धि हो। आईसीसी ट्वान्टी–ट्वान्टी वर्ल्ड क्रिकेटको छनोट चरणमा पुग्नु नेपाली क्रिकेटमा देखिएको सुधारको संकेत हो। यसमा खेलाडी र प्रशिक्षकको मिहिनेतले काम गरेको देखियो।

तपाईंको व्यक्तिगत प्रदर्शन पनि महत्वपूर्ण रह्यो होइन?
देशको लागि खेल्दा म मात्रै होइन सबै खेलाडीले कडा मिहिनेत गर्छन्। पारस खड्का म्यान अफ दि सिरिज हुनु भन्दा नेपाल फाइनलमा पुग्नु ठूलो कुरा हो। तर मेरो उपलब्धि देशकै उपलब्धि हो ।

डिभिजन थ्री को तयारी कहिलेदेखि शुरू हुन्छ ?

एक, दुई दिनको आराम लगत्तै हामी तयारीमा जुट्छौं। पर्याप्त तयारी र नयाँ रणनीति नसिकी डिभिजन थ्रीबाट माथि जान गाह्रो छ भन्ने कुरा प्रशिक्षक र हामी खेलाडीहरूले बुझेका छौं। त्यही अनुरुप तयारीमा जान्छौं।

नेपाली टीमका लागि विश्वकप कति टाढा छ ?

लक्ष्य वर्ल्डकप नै हो। तर खेल्नुअघि बोल्नु भन्दा गरेरै देखाउनु राम्रो होला। प्राविधिक हिसाबले हामी एक स्टेप मात्रै टाढा छौं। ट्वान्टी–ट्वान्टीमा एउटा छनोट चरण मात्रै पार गर्दा पुग्छ। आईसीसी वर्ल्डकप खेल्न डिभिजन थ्रीको विजेता वा उपविजेता बने मात्रै डिभिजन टुमा पुगिन्छ। डिभिजन टुको विजेता र उपविजेता सीधै वर्ल्डकप खेल्न पाउँछन् भने तेस्रोदेखि आठौं स्थानका टीम वर्ल्डकप क्वालिफायर्समा पुग्छन्।

विश्वकप लक्ष्य भेट्टाउन के गर्नुपर्ला?
सरकारले पर्याप्त लगानी गर्नुपर्छ। क्रिकेट क्रेज बढेर नतिजा पनि दिन थालेको छ। यस्तो बेलामा लगानी नगरे कहिले गर्ने? खेलेर भविष्य सुरक्षित हुँदैन भन्ने लाग्यो भने खेलाडीहरू विकल्प खोज्न सक्छन् ।
२५–३१ चैतको साप्ताहिक खबरपत्रिका हिमाल बाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>