खेलकुदबिहीबार, चैत्र २९, २०६९

वर्ष खेलाडी सन्दीप राईलाई कार

हिमालखबर

तस्वीर सौजन्यः गोलनेपाल

अखिल नेपाल फुटबल संघ(एन्फा)ले २९ चैतमा वर्ष खेलाडी घोषणा गरेको हो । कुल पाँच लाख १९ हजार ६९ मध्ये राईले १ लाख ११ हजार ३ सय १७ भोट पाएका थिए ।

दोस्रो स्थानमा भरत खवास र तेस्रोमा अनिल गुरुङ आएका थिए । राष्ट्रिय टीमका २३ खेलाडीलाई २० प्रतिशत प्रशिक्षक, २० प्रतिशत खेल पत्रकार र ६० प्रतिशत एनसेल मोवाइलबाट भोटिङ गरिएको थियो ।

को हुन राई ?
सुनसरी दुहबीका २३ वर्षीय सन्दीप राई राष्ट्रिय टीमका पहिलो रोजाईका खेलाडी हुन । एन्फा एकेडेमीको उत्पादन उनले विगत पाँच वर्षदेखि डिफेन्स लाइन सम्हाल्दै आएका छन् । एन्फाको ड्रिम प्रोजेक्टअन्तर्गत अन्डर–१० देखि नै फुटबलसँगै हुर्केका राईले २२ वर्षमै कियाको पिकान्टो कार किने, आफ्नै कमाईमा । एनआरआटी र मनाङबाट खेलिसकेका उनी अहिले थ्रीस्टारमा छन् । उमेर समूह अन्तर्गत अन्डर–१४, अन्डर–१६ र अन्डर–१९ बाट बिना पारिश्रमिक खेलेका राईले २०६७ मा भारतको मोममेडन स्र्पोटिङ क्लबमा एक सिजन खेले भा.रु. १२ लाखमा । अहिले नेपालको जुनसुकै क्लब  राईलाई गिनेचुनेका खेलाडीले पाउने पारिश्रमिक दिन तयार हुन्छन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...