खेलकुदशुक्रबार, चैत्र ३०, २०६९

सर्वोत्कृष्ट फुटबलर थापालाई अमार्टमेन्ट

हिमालखबर

राष्ट्रिय टीमका कप्तान सागर थापा । तस्वीरः विक्रम राई/हिमालखबर

थापाले ललितपुरको हात्तिवनस्थित मेरो सिटीमा रु. ३३ लाख बराबरको अमार्टमेन्ट पाएका हुन । एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले थापालाई अमार्टमेन्टको डमी हस्तान्तरण गरे ।

थापाको फुटवल यात्रा

मासिक रु. २५ सय पारिश्रमिक लिएर ललितपुरको फ्रेन्डस् क्लबबाट खेल जीवन शुरु गरेका थापा अहिले महँगा फुटबलर मध्येका एक हुन । राष्ट्रिय टीमको कप्तानी सम्हालेका थापाको आम्दानी प्रति महिना करिब एक हजार अमेरिकी डलर पुग्छ । उनी सन् २०११ को साफ च्याम्पियनसीपमा बंगलादेशविरुद्ध ऐतिहासिक गोल गरेपछि चर्चाको शिखरमा पुगे । त्यहि एक गोलका लागि सरकारबाट उनले एक लाख रुपियाँ इनाम पनि पाए । थापाकै कप्तानीमा दक्षिण एसियाका सबै देशलाईपछि पार्दै नेपाल फिफा वरियतामा १३५ औं स्थानमा उक्लिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...