खेलकुदशुक्रबार, चैत्र ३०, २०६९

आइसिसि डिभिजन थ्रीका लागि खेलाडी छनौट

हिमालखबर

क्यानले ३० चैतमा पारस खड्काको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो । राष्ट्रिय टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, अमृत भट्टराई, शक्ति गौचन, वसन्त रेग्मी, सञ्जम रेग्मी, विनोद भण्डारी, प्रदीप ऐरी, अनिल मण्डल, पृथु बास्कोटा, चन्द्र साउद, राहुल विक र सुवासप्रसाद खकुरेल छन् । वैकल्पिक खेलाडीहरूमा नरेशबहादुर बुढाएर, जितेन्द्रकुमार मुखिया, रामनरेश गिरी र सागर पुन छन् ।

डिभिजन थ्री १३–२२ वैशाखमा बर्मुडामा हुँदैछ । नेपाल डिभिजन फोर च्याम्पियन बन्दै थ्रीमा बढुवा भएको थियो । थ्रीमा विजेता वा उपविजेता बने नेपाल डिभिजन टुमा बढुवा हुनेछ । प्रतियोगिताको तयारी स्वरुप अभ्यास खेल खेल्न नेपाली टीम ३१ चैतमा भारतको जयपुर जाँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...