खेलकुदआइतबार, बैशाख १, २०७०

हङकङ नेपाली टोलीले जित्यो बुढासुब्बा गोल्डकप

हिमालखबर

हुर्रे : धरानमा ३१ चैत्रमा बुढासुब्बा गोल्ड कपमा त्रिभुवन आर्मि क्लबलाई २–१ गोलले पराजीत गर्दै उपाधी जीतेपछि हङकङ नेपाली फुटबल टिम ट्रफीका साथ रमाउदै। तस्बीर: सोहन श्रेष्ठ/धरान

केल्भीनले खेल सुरु भएको १८ औं मिनेटमा जगजित श्रेष्ठको पासमा विपक्षि गोल रक्षक विट भएको अवस्थामा गोल गरेका थिए भने दोस्रो हाफको ३४ मीनेटमा जगजित श्रेष्ठको क्रस पास मा वान भर्सेज वान डेडोजको हेडिगं गोल प्रहार विपक्षि गोल रक्षकले नियन्त्रणमा लिन नसक्दा गोल भएको थियो । जित सगै हङकङले ट̭फी सहित नगद ३ लाख २५ हजार हात पारेको छ । स्ट्राईकरहरुबिचको तालमेल राम्रो भएको तथा सोचे अनुरुपको खेल भएको ले जित सहज भएको हङकङका कोच आङ्तेण्डि शेर्पाले वताए ।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा आर्मीको लागी एकमात्र सान्त्वना गोल खेल सुरु भएको ७ औं मिनेटमा टेकबहादुर बुढाथोकीले गरेका थिए । उनले भरत खवासको पासमा गोल गरेको हुन् । खेलको सुरुवात मै एक गोलले अगाडी रहेपनि पेनाल्टिको अवसर सदुपयोग गर्न नसक्दा आर्मी दोस्रो पटक पनि उप विजेतामा चित्त बुझाउन बाध्य भएको छ । १२ मीनेटमा पाएको पेनाल्टि राजु तामाङले सदुपयोग गर्न सकेनन । उनको प्रहार पहिलो बार नजिकैवाट बाहिरिएको थियो । हङकङका पिटर सेगुनले भरत खवासलाई डि बक्समा लडाएपछि आर्मीले पेनाल्टिको अवसर पाएको थिए।

उपविजेता आर्मीले नगद १ लाख ६२ हजार ५ सय सगै ट्रफी हात पारेको छ । आर्मीका कोच साईला महर्जनले पेनाल्टिको सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको बताए । प्रतियोगीताको म्यान अफ दि सिरिज धरान फुटबल क्लबका प्रकाश बुढाथोकी घोषित भए । उनले यामाहाको एसएस १२५ मोटर साइकल पाए । प्रतियोगीताको वेष्ट गोलकिपर घोषित हुदै हङकङ टिमका बिकास कुथ्थुले नगद १० हजार पाए । त्यस्तै वेष्ट मिडफिल्डर बन्दै हङकङकै जगजीत श्रेष्ठले नगद १० हजार, वेष्ट स्टाईकर हङकङका डोडोज लियोन्सले १० हजार, प्रतियोगीता अवधिभर ३ गोल गरेका आर्मीका टेकबहादुर बुढाथोकीले हाई स्कोरर बन्दै २० हजार, वेष्ट कोच हङकङका नारद राईले १० हजार, वेष्ट डिफेन्स सागर थापाले १० हजार र फाईनलको म्यान अफ दि म्याच सागर थापाले ५ हजार पाए ।

-सीता मादेम्बा, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...