रिपोर्टआइतबार, बैशाख १, २०७०
लोकतन्त्रमै धन
प्रभात भट्टराई र रमेश कुमार
२०४८ को आम निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा गठित सरकारले लिएको उद्दार अर्थनीतिमाथिको टिका टिप्पणी अद्यापि जारी छ । पक्ष विपक्षको तर्क जेजस्तो भएपनि नीतिगत उद्धारताको सबभन्दा पारदर्शी उपलब्धी हो, नेपालमा नीजि क्षेत्रको उदय अनि सफलता । केन्द्रदेखि जिल्लासम्म जरा हालेको नीजि क्षेत्रले व्यापार व्यावसायको दायरा दुर दराजसम्म पु¥याएको मात्र छैन, आन्तरिक बजार र उपभोग संस्कृतिमा पनि कायापलट गरेको छ ।
राणाकालदेखि नै व्यापार व्यावसाय थालेका घारानाहरूले समेत सफलताको फड्को मार्न प्रजातन्त्र काल नै पर्खनु प¥यो । पंचायतकालमा राजधानीका केही व्यापारी र मोफसलका नगन्य जमिन्दारहरू करोडपतिमा गनिथ्थे भने आज जिल्ला जिल्लामा करोडपतिहरूको उदय भइरहेको छ ।
चौधरी, खेतान, गोल्छा, ज्योति, शारदा, दुगड जस्ता पुराना घरानाहरूले पछिल्लो दुई दशकमै उत्साहजनक व्यावसायिक फड्को मारेको ती समूहका कार्यकारी बताउँछन् । पंचायतको बन्द अर्थतन्त्रमा आइडियाले भन्दा दरबारको आर्शिवादले व्यावसायमा हालीमुहाली गरेकाहरू भने अहिले ओझेल परिसकेका छन् । त्यो समयमा कसैले उद्योग व्यावसायको प्रस्ताव ल्याए ५१ प्रतिशत शेयर दरबारको हुने अघोषित नीति थियो ।
प्रजातन्त्रकालमा नयाँ संभावनाको खोजी गर्दै क्षमताको प्रतिस्पर्धा गर्नेहरुले आज घरानाको रुप लिइसकेका छन् । पन्चकन्या, सिभिल, आइएमआई, सौरभ, भाटभटेनी, कान्तिपुर पब्लिकेशन त्यसका जल्दाबल्दा उदाहरण हुन ।
विस्तृत रिर्पोट १ वैशाख २०७० मा प्रकाशित साप्ताहिक खबरपत्रिका हिमालमा