Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नयाँ वर्षमा छोरालाई शुभकामना - Himalkhabar.com

ब्लगआइतबार, बैशाख १, २०७०

नयाँ वर्षमा छोरालाई शुभकामना

Sarojdhital

प्रिय पुत्र,
फेरि एउटा वर्षको अन्त्य भयो । एउटा अर्को क्यालेण्डरले भित्तोमा ठाउँ बनाउँदैछ । र, समयको वेगमा निरन्तर चलिरहने यो खेलमा मानिसको हरेक पुस्ताको स्थानान्तरण भइरहेको छ । बच्चाहरू किशोरावस्थामा प्रवेश गर्दैछन्, किशोरहरू युवावस्थामा । युवाहरू प्रौढ हुँदैछन् र प्रौढहरू वृद्धवृद्धा । धेरैले विदा लिइरहेका छन् यो संसारबाट र अझ् धेरैको आगमन भइरहेको छ । समयको यो खेलमा तिमी भर्खरै यात्राको तयारी गर्दैछौ, म यात्राको पछिल्लो खण्डमा छु ।
तिमी निकै सानो छँदाको यस्तै कुनै बेला अचानक सोधेका थियौ, “किन नयाँ वर्ष यतिबेला नै शुरू हुन्छ ?”

म एकछिन अल्मलिएको थिएँ । खगोल, भूगोल, इतिहास, संस्कृति– केसँग पो सम्बन्धित नहोला र यो प्रश्न ! अनि बच्चाहरूको यस्तो कौतुहललाई साम्य पार्न चानचुने सीपले पुग्दैन । आफ्नो अज्ञानता लुकाउन मनपरी जवाफ दिएर टार्नु हुन्न भन्ने चेत भर्खरै मात्र खुल्न थालेको त्यो बेला मैले के जवाफ दिएँ, अहिले म सम्झ्न्न, तर तिम्रो प्रश्नले मलाई धेरै कुरा सोच्न बाध्य बनाएको सम्झ्ना अझ्ै छ । त्यसै बेलादेखि मैले जगतको परिवर्तनशीलताले पछ्याउने अकाट्य अनुशासनबारे, त्यो अनुशासनभित्र पनि बेला–बेला देखिने अनित्यता र त्यो अनित्यताले देखाएको मानिसको ज्ञानको सीमाबारे सोच्न थालें ।
बट्र्रान्ड रसेल पाँच वर्षको छ“दै गम्थे रे– आफ्नो जीवनको महŒवपूर्ण र लामै समय सिद्धियो भनेर । उनलाई बाँकी रहेको समयमा के पो गर्न भ्याइएला र भन्ने चिन्ता हुँदो रहेछ । मलाई भने ४० वर्ष ननाघुञ्जेल ‘समय छिटो छिटो सकिंदैछ’ भन्ने पीर नै भएन जस्तो लाग्छ । पचासको नजिक पुग्न लागेपछि मात्र रसेलले पाँच वर्षको छँदा नै गम्न थालेको प्रश्नमा घोरिइन थालें ।

तिमीसँगको कुराकानीमा जानेर नजानेर के के भनेको छु, हामीबीचको संवादले के राम्रो गरेको छ, के नराम्रो गरेको छ मलाई त्यति थाहा छैन । यतिबेला यी पंक्तिहरू टाइप गरिरहँदा पनि तिमी के सोचिरहेका हौला र आफ्नो जीवनको सार्थक उपयोगबारे कति गम्भीर भएका छौ भन्ने खुल्दुली लागिरहेको छ ।
बाल्यकालमा जो पनि अभिभावकमाथि निर्भर रहन्छ । धेरै निर्णयहरूमा आफ्ना गुरु, साथीसंगी, परिवारका अन्य सदस्य आदिबाट प्रभावित हुन्छन् । किशोरावस्थामा आफूलाई निकै सक्षम ठान्न थाले पनि बाल्यकालको त्यो निर्भरतामा खासै कमि आएको हु“दैन । सामान्यतया, २० वर्ष नपुगुन्जेल मानिसले आफ्नो निम्ति आफ्नै निर्णयमा जीवन बाँच्न सिकेको हुँदैन जस्तो लाग्छ । अनेक किसिमका संकट सामना गर्नु पर्दाको विशेष परिस्थितिमा कलिलो उमेरदेखि नै आफ्नो मात्र हैन अरूको समेत जिम्मेवारी लिनुपर्ने बाध्यता अर्कै कुरा भयो ।

त्यही २० वर्षलाई आफैं जिम्मेवार भएर बाँच्न थाल्ने उमेर मान्ने हो भने– तिमी अब त्यो महŒवपूर्ण उमेरमा छौ । यो लामो यात्रामा शिखरसम्म पुग्न तिमीलाई अर्को २५÷३० वर्ष लाग्न सक्छ । ५० वर्षको उमेरतिर मात्र मानिस आफ्ना उपलब्धिहरूको उत्कर्षमा पुगेका देखिन्छन् । त्यो उमेरमा बल्ल तिम्रा उपलब्धिहरू, तिम्रो प्रभावको दायरा, तिमीभित्रको आत्मविश्वास, तिमीले पाउने सम्मान¬ सबै–सबै एउटा उचाइमा पुगेका हुनेछन् । अर्को ३० वर्षपछि तिमी ८० वर्षको हुनेछौ । त्यसबेला एकातिर फेरि अरूमाथिको निर्भरता बढेको हुनेछ, अर्कोतिर एक्लोपनको अनुभूति हुनेछ । आफूले प्रभाव पार्न सक्ने क्षेत्र सानो भइसकेको र आत्मविश्वास कम हुनेछ ।

अहिले २० वर्षको उमेरमा पनि आफूसँग धेरै कुरा नभएको दिग्दारी होला तिमीलाई । एक किसिमको निरीह आभास पनि होला । ५० वर्षमा पुग्दा त्यो निरीहताको ठाउँ आत्मसम्मानले लिएको हुनेछ । ८० वर्षको हाराहारीमा पुग्दा भने उस्तै निरीह स्थितिमा पुग्नेछौ । मैले वृद्धावस्थाको भयावह चित्र कोरेर २० वर्षे छोरोलाई तर्साउन हैन, तिमी कति महŒवपूर्ण यात्रामा छौ भन्न मात्रै खोजेको हो । यो यात्रामा पहिलो तीनदशक तिमी उकालो चढिरहेका हुनेछौ । पछिल्लो तीन दशक धेरै अर्थमा ओरालो लागिरहेको हुन सक्छ । यात्राको अघिल्लो खण्डमा जति उचाइ हासिल गर्नेछौ, पछिल्लो चरण त्यति नै सार्थक लाग्नेछ । यात्राको जुन कला सिक्ने छौ अहिले, पछि पनि त्यही सीपले निरन्तरता पाउनेछ ।

अघिल्लो पुस्ताले धेरै पटक लड्दै–उठ्दै गरेर, समयको महँगो मूल्य तिरेर सिकेको यात्राको कला सिक्न तिमीले पनि फेरि लड्नुपर्छ भन्ने मलाई लाग्दैन । त्यसैले पनि म तिमीलाई अनुभवहरू सुनाउन चाहन्छु । धेरै कुरा गर्नु छ तिमीसँग ।

बिट मार्नु अघि यती चाहन्छु– सत्य भन्ने चिज सुदूर क्षितिजमा देखिने प्रकाशपुञ्ज हो, जसले मानिसलाई अघि बढिरहन दिशाबोध गराइरहन्छ, हौसला प्रदान गरिरहन्छ । प्रिय छोरा, विनम्र भएर त्यो प्रकाशपुञ्जतर्फको यात्रा जारी राख । हरेक पाइलापछिको सत्य आफूले सोचेको भन्दा महान र सुन्दर रहेछ भन्ने बोध गर्दै अघि बढ । आफ्नै अन्धविश्वास र दम्भको बन्दी कहिल्यै नबन । तिमी र तिम्रो पुस्तालाई हाम्रो पुस्ताको शुभकामना !

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>