Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राजनीतिमा जुडशीतल - Himalkhabar.com

टिप्पणीसोमबार, बैशाख २, २०७०

राजनीतिमा जुडशीतल

चन्द्रकिशोर

तराईतिर नयाँ वर्षमा मनाइने जुडशीतल पर्व प्रकृति, कृषि र जीवनसँग अभिन्न रूपले जोडिएको छ । यो पर्व मनाउँदा पानी भरिएको गाग्रो दान गरिन्छ । सडकमा पानी छर्किइन्छ भने रूखहरूमा पानी हालिन्छ । इनार र पोखरीहरूलाई सफा गरिन्छ । ठूलाबडाले सानालाई सखारैमा टाउकोमा शीतल पानी खन्याएर आशिष दिन्छन् । हिलो होली जसरी नै खेलिन्छ । सातु र गुड खाइन्छ । र, शिवलिङ्गमाथि जलाभिषेक गरिन्छ ।

आज पनि देहाती जीवनमा सुरक्षित रहेको यो पर्वको सन्देशलाई समसामयिक राजनीतिक सन्दर्भमा हेर्नु र बुझ्नु अहिलेको आवश्यकता हो । हिलोसँग खेल्नु भनेको माटो अर्थात् आफ्नो धरातलसँग जोडिएको राजनीति, पानी छर्कनु भनेको सौम्य नाराहरूको अभ्यास, जलाशय सफाइ भनेको संयन्त्रहरूको शुद्धीकरण, सातु–गुड खानु भनेको नेतृत्वको तन्दुरुस्ती (मानसिक, नैतिक र शारीरिक) भन्ने बुझ्नु उपयुक्त हुन्छ ।

विचार पुर्‍याउनुपर्ने विषय
मौसमसँगै नेपाली राजनीति यतिबेला तात्न थालेको छ । प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकारले असारमा निर्वाचन गराउन नसकेको र मंसीरमा पनि गराउनेमा आशङ्का रहेको बेला सरकारप्रति प्रस्तावक एमाओवादीले नै असन्तुष्टि पोख्न थालेको छ ।

संयन्त्रमा रहेका र नरहेका सबै दलका पनि छुट्टै असन्तुष्टि छँदैछन् । यी सबै राजनीतिक घटनाक्रम र संविधान नबनाई संविधानसभा विघटन हुनुले आम जनता राजनीतिसँग निराश छन् । पद्धति स्थापित नगरी संविधानसभा विघटन हुँदा आफ्नो स्वतन्त्रता, सम्मान र समृद्धिको चाहना सम्बोधन नभएकोले जनता निराश हुनु अस्वाभाविक पनि होइन ।
त्यसैले संविधानसभाको दोस्रो निर्वाचन अहिले राष्ट्रिय मार्गचित्र हुन आएको हो । तर, विभिन्न जटिल मुद्दा निरुपण नभई संविधान बन्न सक्दैन । निर्वाचनप्रति आम मतदातालाई आकर्षित गर्न उनीहरूको रूचि र विवेकलाई विचार पुर्याउनुपर्छ ।

‘पपुलिज्म’ बाट होइन, पारदर्शी, समाजशास्त्रीय तथा व्यावहारिकतामा आधारित खुला सम्वादले मात्रै जटिल मुद्दाहरूको छिनोफानो गर्न सक्छ र जनतालाई दिगो रूपले उत्साहित पार्न सक्छ ।

जनतामा निराशा व्याप्त रहेको मौका पारेर पछिल्लो जनआन्दोलन र मधेश विद्रोहले खोजेको परिवर्तन संस्थागत हुन नदिन अलमलको अँध्यारो गोलचक्करमा फँसाउन खोजिएको देखिंदैछ । यस्तो बेला, जुडशीतल सान्दर्भिक हुन आउँछ ।

राजनीतिका इनार र पोखरीहरू सफा नपार्दासम्म स्थानीय राजनीति कब्जा गरेका माफिया, दलहरूमा रहेका बासी र गन्हाएका अनुहारबाट मुक्ति पाउन सकिंदैन । किनभने, परिवर्तनका लागि पात्र, प्रक्रिया र परिणाम सबै महत्वपूर्ण हुन्छन् । यसर्थ, चुनावी मुखमा शुद्धीकरण गर्नु चुनौतीपूर्ण भए पनि उनीहरूको तन्दुरुस्ती र जनतामा उत्साह ल्याउन यो ओखती खानुको विकल्प छैन ।

जनताका लागि शीतल छहारी नबन्दा र परिवर्तनका रूखहरूमा निष्ठाको पानी नछर्कंदासम्म राजनीति सफल हुनसक्दैन । मधेश राजनीतिका लागि त यो झ्नै आवश्यक छ । संघीयता, सम्मान, समृद्धि, समावेशी र सामाजिक सद्भाव चाहेको मधेशी जनताले आफ्नो संस्कृति रक्षा गर्ने सरकार खोजेर संघीयताको दाबी गरेका हुन् । तर जनताका ती आकांक्षा परिपूर्ति गर्न मधेशी दलहरूले सकिरहेका देखिदैन ।

जुडशीतललाई आत्मसात गर्नुपर्छ
मधेशी राजनीतिमा जुडशीतलको अभ्यास कसरी गर्ने भनेर खोजी गर्नुपर्ने बेला आइसकेको छ । जनताको आक्रोश र असन्तुष्टिको कारण खोज्दै राजनीतिप्रति उनीहरूको उत्साह र अपनत्व अभिवृद्धि गर्ने, परिवर्तनका मुद्दाहरूलाई बुझउन मधेशमा खुला सम्वाद चलाउने, नयाँ अनुहारलाई राजनीतिसँग जोड्ने, सत्ता राजनीतिमा भएको विसङ्गत यात्राप्रति सामूहिक क्षमा माग्ने, मधेशका गैरमधेशीहरूलाई पनि आफ्नो अभीष्टप्रति विश्वस्त तुल्याउने र मधेशी जनताको प्रगति र सम्पन्नताको चाहनालाई हिमाल र पहाडसँग जोडेर त्यसको सुरुआत गर्न सकिन्छ ।

एकाङ्गी र चर्का नाराले राष्ट्रिय एकताको प्रतीक बन्ने गरी संविधान निर्माण गर्ने मधेशी जनताको चाहना झ्न् टाढा पुग्छ । तर, संविधान नबन्दा सबैभन्दा बढी गुमाएको मधेशी समुदायको यो उकुसमुकुसलाई अरूले बुझन सकेका छैनन् ।

भूराजनीतिले अनुमति नदिने ‘समग्र मधेश एउटै प्रदेश’ न व्यावहारिक हो न त वैज्ञानिक नै । त्यो नाराकै निहुँमा संघीयता नै नदिने कुत्सित खेल पनि भइरहेकाले मधेशी राजनीतिक दलहरूले यो अडानलाई सफाइ गर्नु जरूरी छ ।

सफा इनारको पानी मात्र सबैले पिउने हुँदा मधेशी दलहरूले नयाँ वर्षसँगै त्यो नारा छोड्नुपर्छ । अनि, मधेशकेन्द्रित प्रदेशको सिमाङ्कनबारे स्थानीय चाहना अनुसारको विचार अघि सार्नुपर्छ । पानी छर्किने कि आगो लगाउने ? मधेश राजनीतिले बुझनुपर्छ ।

नभए, आँपको रूखमा फलेको ‘टिकोला’ फल्नुअघि नै वैशाखे आँधीहुरीले खसाली दिने हुँदा अहिले आगो प्रयोग गर्नु आत्मघाती हुनसक्छ । रूख हुर्काएर त्यसको फल पाउन थोरै पानी हालेर पुग्दैन र धैर्य पनि त्यतिकै चाहिन्छ । मधेशले खोजेको संघीयता पाउनु भनेको रूख हुर्काउनुजत्तिकै दुरुह हो ।

त्यसैले, ‘मधेशले खोजेको संघीयतामा सबैको सहभागिता, सहअस्तित्व, सामूहिक समृद्धि र सबल राष्ट्रियता हुन्छ’ भन्ने बुझउन सक्दा मात्र संघीयता प्राप्ति र संविधान निर्माणको बाटो सहज हुन सक्छ । अनि, मात्र जुडशीतलको सार्थकता प्रकट हुन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>