रमझमबुधबार, बैशाख ४, २०७०
सञ्जय दत्तले थप ४ हप्ताको समय पाए
न्यायालयबाट ५ वर्षको कारावासको सजाय सुनाइएका सञ्जय दत्तले आफूले थुप्रै अधुरा फिल्महरु पूरा गर्नु पर्ने भन्दै न्यायालयमा आत्मसमर्पणका लागि थप ६ महिनाको समयका लागि अपील गरेका थिए ।
उनले अदालतसँग आफ्ना निर्माणाधिन फिल्महरुको बजेट २७० करोड भएको र आफू कारावासमा गएपछि लगानीकर्ताको उक्त रकम डुब्ने भएकाले फिल्म पूरा गरुन्जेलसम्मका लागिको समय माग गरेका थिए ।
सञ्जय दत्तलाई अवैध हतियार राखेको आरोपमा मुम्बइस्थित सुप्रिम कोर्टले २१ मार्चमा पाँस वर्ष कारावास सजाए सुनाएको थियो । जसअनुसार उनले १८ अप्रिलमा अदालतसमक्ष आत्मसमर्पण गर्नु पर्ने थियो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार सञ्जय दत्तका धेरै फिल्महरुको छायांकन अहिले जारी छ । भारतीय फिल्म उद्योगको करिब २.५ अर्ब रुपैयाँ सञ्जय दत्त जोडिएका प्रोजेक्टहमा लगानी भएको छ ।
सञ्जयले आफू मुम्बई विष्फोट घटनामा संलग्न नरहेको र त्यसबेला भएका साम्प्रदायिक दंगालाई ध्यानमा राखेर आफूले परिवारको सुरक्षाका लागि हतियार राखेको जिकिर गर्दै आएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
