रमझमसोमबार, बैशाख २, २०७०
साइको ‘जेन्टलम्यान’ ले कीर्तिमान तोड्यो
कोरियाली गायक साइले गाएको ‘जेन्टलम्यान’ भिडियोेले एक दिनमा युट्युबमा सङ्गीत भिडियो हेरिएको कीर्तिमान तोडेको छ ।
दक्षिण कोरियाली गायक साइको ‘जेन्टलम्यान’ को भिडियो शनिबार राती ९ बजे युट्युबमा राखिएको थियो । यस भिडियो पहिलो २४ घण्टामा दुई करोड पटक हेरिएको थियो । यसअघि क्यानडाका जस्टिन बाइबरको ‘ब्वाइफ्रेन्ड’ सन् २०१२ मा एक दिनमा ८० लाख पटक हेरिएको थियो ।
यो भिडियो युट्युबमा हालिएको ३६ घण्टामा चार करोड ४५ लाख पटक हेरिएको छ ।
‘जेन्टलम्यान सोमबार फ्रान्स, क्यानडा, न्यु जिल्यान्ड, डेनमार्क तथा स्विडेनमा आइट्युनमा १० प्रमुख गीतहरूमध्येमा परेका छ । यो फिनल्यान्डमा सबैभन्दा सुनिएको गीतमा परेको छ ।
एएफपी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
