Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सुपरमार्केटका सुरुआतकर्ता - Himalkhabar.com

व्यक्तित्वमंगलबार, बैशाख ३, २०७०

सुपरमार्केटका सुरुआतकर्ता

हिमालखबर

बीकम पढ्न खोटाङबाट काठमाडौं आएका मीनबहादुर गुरुङ (५५) ले तीन दशक नपुग्दै यत्रो फड्को मारुँला भन्ने सोचेका थिएनन् ।

२०४१ मा नेपाल ब्याङ्कमा कार्यालय सहायक पदको जागिर खाँदै काठमाडौं भाटभटेनीको एउटा सटरमा कोल्ड स्टोर खोल्दा बीकम पढ्न खोटाङबाट काठमाडौं आएका मीनबहादुर गुरुङ (५५) ले तीन दशक नपुग्दै यत्रो फड्को मारुँला भन्ने सोचेका थिएनन् । तर, श्रीमतीको गहना बेचेर शुरू गरेको त्यो पसलले उन्नति गर्ने छाँट देखाएपछि २०५१ मा उनले अधिकृतको जागिर नै छाडेर रु.२५ लाखको लगानीमा दुईतले घरमा ‘भाटभटेनी सुपरमार्केट’ खोले । त्यही सुपरमार्केट अहिले काठमाडौंका पाँच र पोखराको एक ठाउँमा विस्तार भएको छ भने वार्षिक कारोबार रु.५ अर्ब ५० करोडभन्दा धेरै पुरयाएको छ ।

२५ सयभन्दा धेरैलाई रोजगारी दिएको मीनबहादुरको भाटभटेनी अहिले मुलुकको सबैभन्दा धेरै खुद्रा सामान व्यापार गर्ने पसल बनेको छ । जसलाई उनी ‘राजादेखि रङ्कसम्म’ को किनमेल गर्ने थलो भन्न रुचाउँछन् । उनी भन्छन्, “मुलुकमा खुलापन नआएको भए यो व्यवसाय यत्रो हुने थिएन ।”

आगामी पाँच वर्षभित्र भाटभटेनीको शाखा विस्तार गरेर ५० वटा पुरयाउने योजना बनाइरहेका मीनबहादुर विदेशमा लगानी गर्न नपाउने अहिलेको बन्देज हटे यसलाई अन्तर्राष्ट्रिय चेन सुपरमार्केटमा परिणत गर्ने अर्काे महŒवाकांक्षी सोचमा छन् । भाइ पहल र बेलायतबाट ‘रिटेल सप्लाई म्यानेजमेन्ट’ मा मास्टर्स गरेर फर्किएका छोरा कल्याणको सहयोगमा व्यवसाय गरिरहेका उनी भन्छन्, “तर, करका नाममा व्यवसायीलाई नियतवश दुःख दिने क्रम र सरकारी पक्षको लापरबाहीले व्यवसाय गर्न अप्ठ्यारो भइरहेको छ ।”

‘सामाजिक उत्तरदायित्व’ अन्तर्गत मीनबहादुरले स्वास्थ्य क्षेत्रमा गरेको लगानी पनि उल्लेखनीय छ । त्रिवि शिक्षण अस्पतालमा रु.१० करोडभन्दा बढीको लगानीमा आकस्मिक भवन बनाएका उनले पाटन अस्पतालमा वर्षेनि ग्रामीण क्षेत्रका दुई जना विद्यार्थीलाई चिकित्साशास्त्र पढ्न खर्च दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>