समाचारबुधबार, जेठ १७, २०६९

चुनाव घोषणाबारे कारणदेखाउ आदेश

हिमालखबर

संविधानसभा विघटन गरी चुनावमा जाने निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले १० दिनभित्र कारणदेखाउ आदेश जारी गरेको हो । न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासले १७ जेठमा सरकारसँग लिखित जवाफ माग गरेको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले हिमालखबरलाई जानकारी दिए ।

विषयको गाम्भिर्यता र आवश्यकतालाई मध्यनजर गरेर आगामी सुनुवाई विशेष इजलासमा हुने रावलले बताए । अधिवक्ता सन्तोष बस्नेतले संविधानसभा विघटन र चुनावी घोषणाविरुद्ध १६ जेठमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>