Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सहमतिको सरकारका लागि बुद्धिजीवीहरु र युवा विद्यार्थीको जोड - Himalkhabar.com

समाचारबुधबार, जेठ १७, २०६९

सहमतिको सरकारका लागि बुद्धिजीवीहरु र युवा विद्यार्थीको जोड

हिमालखबर

नेपाल बौद्धिक मञ्चद्धारा राजधानीमा आयोजित संविधानसभाको उत्पन्न राजनीति अन्यौलता र निकासबारे अन्तरक्रियाका वक्ताहरुले संविधानसभा विघटनपछिको संक्रमणकालीन अवस्थालाई निकास दिन नेताहरुले स्वार्थको राजनीतिलाई त्यागेर राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढनुपर्ने बताए । कार्यक्रममा राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले राजनीतिक दलको अकर्मण्यता र असक्षमताकै कारण संविधानसभा गुमेको भन्दै अहिलेको संक्रमणकालीन अवस्थामा दलहरु सहमतिका साथ अघि बढेमात्र सङ्कट समाधान हुने बताए ।

मञ्चका अध्यक्ष डा केबी रोकायाले राजनीतिक दलको गैरजिम्मेवारीका कारण संविधानसभालाई विघटन गरी अन्यौलको अवस्थामा पुरयाएको भन्दै संविधानसभाको विघटनसँगै संवैधानिक निकायमात्र नभई सबै राजनीतिक दलहरुको हैसियत गुमेको टिप्पणी गरे । नेपाली सेनाका पूर्व जर्नेल कुमार फुदुङले पुरातनवादी सोच भएका नेताहरुको हालीमुहालीबाट गुज्रेको मुलुकमा परिवर्तनलाई आत्मसात् गरी कहिल्यै संविधान बन्न नसक्ने ठोकुवा गर्दै संविधानसभा गुम्नुको मुख्य दोषी जिम्मेवार राजनीतिक दलका नेताहरु भएको उल्लेख गरे ।

त्यसैगरी नेपाली काँग्रेस, नेकपा एमाले लगायतका पार्टीसँग सम्बद्ध विद्यार्थी, युवा र महिला भ्रातृसंस्थाले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई राष्ट्रिय सहमतिको सरकार बनाउने वातावरण तयार पार्न दबाब दिँदै १७ जेठमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् । विद्यार्थी सङ्गठनहरूको गत सोमबार बसेको संयुक्त बैठकले १७ जेठ देखि संयुक्त आन्दोलन गर्ने निर्णय गरेको थियो । विरोधका क्रममा उनीहरूले मङ्सिर ७ गते तोकिएको संविधानसभाको निर्वाचन फिर्ता गरी राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्र्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल तरुण दल, युवा सङ्घ, नेपाल महिला सङ्घ, प्रजातान्त्रिक युवा सङ्घ, युवा सङ्घलगायतका १६ वटा भ्रातृसंस्थाद्वारा आयोजित सो सभाका वक्ताहरुले संविधानसभाको नयाँ निर्वाचन संवैधानिक नभएकाले विरोधमा उत्रनुपरेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>