रमझमबिहीबार, बैशाख ५, २०७०
बेकामको झमेला
‘अध्याय’, ‘तँ त साह्रै सप्रिस नि बद्री’ र ‘थ्री लभर्स’ पछि अहिले चलचित्र ‘नतिजा’ लाई सेन्सरले लफडामा पारेको छ। नतिजा का निर्देशक प्रमोद भण्डारीले २८ चैतमा पत्रकार सम्मेलन गरेर भने, “अझै दुःख दिए हामीसँग अदालत जानुको विकल्प रहने छैन।”
सेन्सरले ‘नतिजा’ को ९ दृश्यमा आपत्ति जनाएको छ। निर्देशक समाजका महासचिव एम.एस. अग्रज भने सेन्सर बोर्डले फिल्मको सामान्य भाषा समेत नबुझ्दा समस्या आउने गरेको बताउँछन्।
बोर्डमा चलचित्र विज्ञहरु भएको भए यस्तो समस्या नआउने महासचिव अग्रजको भनाइ छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
