अर्थ/बजारशुक्रबार, बैशाख ६, २०७०

ताइवानी मेलामा नेपालको सहभागिता

हिमालखबर

ताइपेइमा वैशाख (११–१४) हुने ‘गिफ्टीनरी ताइपेइ २०१३’ मेलामा ललितपुर उद्योग बाणिज्य सङ्घको नेतृत्वमा नेपालका तर्फबाट १६ वटा स्टल राखिने भएको छ । मेलाका लागि सङ्घबाट अध्यक्ष अजरमान जोशीको नेतृत्वमा ३६ सदस्यीय टोली ताइवान पुग्ने सङ्घले जनाएको छ ।

सो अवसरमा सङ्घ तथा ताइवान व्यापार प्रवद्र्धन केन्द्र (टिआइटिआरए) बीच समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ ।

दुई सङ्घबीच हुने समझदारीले नेपाल तथा ताइवानबीचको व्यापारिक सम्बन्ध सुदृढ हुनाका साथै नेपाली उत्पादन ताइवानमा निकासी गर्न सहयोग पुग्ने विश्वास सङ्घको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>