समाचारबिहीबार, जेठ १८, २०६९
सर्वोच्चका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या
सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलका अनुसार दिउँसो साढे १ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका छन् । बिहान ११ बजे पल्सर मोटरसाइकलमा आएका व्यक्तिले न्यायाधीश बम र उनका अंगरक्षकलाई गोली प्रहार गरेका थिए । प्रहरी स्रोतका अनुसार न्यायाधीश बमलाई तीन गोली लागेको थियो भने उनका अंगरक्षकलाई एक गोली लागेको र उनको उपचार जारी छ ।
अपराधी पत्ता लगाउन प्रहरीले राजधानीमा गुडेका पल्सर मोटरसाइकलहरुलाई कडाइका साथ चेकजाँच गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>