अन्तर्वार्ता/विचारआइतबार, बैशाख ८, २०७०
‘जात र नाकको राजनीति गर्ने खेलबाट मुक्त हुनुपर्छ’
काँकडभिट्टामा भएको एउटा शुभकामना आदानप्रदान कार्यक्रममा २ वैशाखमा हिमाल किरातीले आफू महासचिव रहेको किरात जनवादी वर्कर्स पार्टी नेकपा एमालेमा समाहित भएको घोषणा गरे । मनमोहन स्मृति भवन निर्माण समितिले आयोजना गरेको उक्त कार्यक्रममा केन्द्रीय सल्लाहकार युवराज कार्की र झपा अध्यक्ष रविन कोइरालाले हिमालसहित वर्कर्स कार्यकर्तालाई एमालेमा स्वागत गरे । विघटित वर्कर्सका महासचिव हिमाल किरातीसँगको कुराकानीः
पूर्वी नेपालमा किरात राज्य खडा गर्ने उद्देश्यका साथ ११ वर्षदेखि हिंसाको बाटो समातेको पार्टी अहिले किन एमालेमा मिसिन आइपुग्यो ?
हामीले स्थितिको वस्तुगत विश्लेषण गर्यौं । धेरैसँग परामर्श गर्यौं र हिंसाको बाटो ठीक होइन भन्ने निधोमा पुग्यौं । जनताको हक, हित र समृद्धिको लागि बहुदलीय जनवाद नै उत्तम राजनीतिक कार्यदिशा हो भन्ने निष्कर्षमा पुगेर एमालेमा प्रवेश गरेका हौं ।
एमालेमा तपाईंहरूको के हैसियत हुन्छ ?
नेतृत्वसँग कुरा भएअनुसार हामी सम्मानजनक रूपमा एमालेमा देखिनेछौं । त्यसका लागि केही समय लाग्छ ।
जातीय राज्यको मुद्दा अब सकिएको हो ?
अस्तित्व रक्षाको विषयलाई सबैले उठाउँदै र मान्दै आएका छन् । नेपाली समाजको विकासका लागि सबैको पहिचान संरक्षण हुने विधिसहितको राज्यप्रणाली चाहिन्छ भन्ने हामीले बुझ्ेका छौं । जात र नाकको आधारमा राजनीति गर्ने खेलबाट हामी सबै मुक्त हुनुपर्छ ।
एमालेमै मिसिनुपर्ने खास कारण छन् कि ?
त्यस्तो केही छैन । वर्गीय मुक्तिको लागि एमालेको कार्यदिशा हामीलाई मन प¥यो, आयौं । हामी यसअघि पनि जनतालाई बढी अधिकार दिनुपर्छ भन्नेमा स्पष्ट थियौं । यो काम एमालेबाट छिटो सम्भव होला भन्ने लागेको छ । हाम्रो केन्द्रीय समितिका ४३ मध्ये १३ जना जेलमा छन् । जेलभित्र र बाहिरको सर्वसम्मत निर्णय हो, यो ।
अब आफूसँग भएका हतियार राज्यलाई बुझउनुहुन्छ ?
बुझउँछौं । त्यसका लागि केही समय लाग्ला ।
तपाईंहरूसँग कति हतियार छन ?
पाँच वटा प्रहरी चौकीमा हुने जति छन्, संख्या पछि स्पष्ट पारौंला ।
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
