रमझमआइतबार, बैशाख ८, २०७०

‘टु स्टेट्स’ मा फिल्म बन्दै

हिमालखबर

यसको पटकथा भगत आफैंले लेखेका छन् भने फिल्मको निर्देशन श्रीराग नायरले निर्देशन गर्दैछन् । फिल्ममा नयाँ कलाकारहरु अलिया भट्ट र अर्जुन कपुरको प्रमुख भूमिका रहने छ ।

अहिले फिल्मको शुटिंग अहमदाबादमा भइरहेको छ ।

‘टु स्टेट्स’ नेपाली युवाहरुमाझ पनि निकै लोकप्रिय उपन्यास हो । भगतका उपन्यासहरुमा गहन साहित्य नहुने र सतही हुने आरोप लागे पनि उनका उपन्यासहरु कैयौं पुरस्कृत कृतिहरुभन्दा बढी विक्रि भएका छन् ।

मध्यमवर्गको कथा प्रतिविम्बित हुने उनका उपन्यासहरुको अंग्रेजी गैर अंग्रेजी भाषीहरुका लागि बुझ्न सहज हुन्छ ।

यसअघि भगतका उपन्यासमा आधारित हिन्दी फिल्म ‘थ्रि इडियटस,’ ‘काइ पो चे,’ ‘हेलो’ बनिसकेका छन् । भगत पत्रिकाका स्तम्भकार पनि हुन् ।

‘टु स्टेट्स’ हेर्नका लागि भने दर्शकहरुले अझै एक वर्ष पर्खनुपर्ने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>