अर्थ/बजारसोमबार, बैशाख ९, २०७०
तनहुँ हाइड्रोपावरका लागि एडीबीको सहयोग
९ बैशाखमा अर्थ मन्त्रालयमा भएको कार्यक्रममा नेपालका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र बैङ्कका आवासीय निर्देशक केनिची योकोयामाले सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
जलाशययुक्त आयोजना बनाउनका लागि एशियाली विकास बैङ्कले ३० वर्षका लागि १ दशमलव ५ प्रतिशत ब्याजमा कर्जा दिएको हो ।
सन् २०२० मा सम्पन्न हुने आयोजनामा ४० प्रतिशत शेयर र ६० प्रतिशत कर्जा लगानी हुनेछ । १ सय ४० मेघावाट क्षमताको तनहु“ आयोजनाबाट वार्षिक ८५ करोड ७७ लाख युनिट बिजुली उत्पादन हुने अनुमान गरिएको छ ।
आयोजनाले बेलुकाको विद्युत मागलाई पूरा गर्ने बताइएको छ । जलाशययुक्त आयोजना भएकाले यसबाट साढे ७ सय व्यक्ति बिस्थापित हनेछन् । यसका लागि आयोजनाले पुनर्वासको व्यवस्था गर्ने भएको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली दमौलीस्थित विद्युतगृहदेखि ४० किलोमिटर लामो २ सय २० केभी क्षमताको प्रसारण लाइन भरतपुर सस्टेसनमा जोडिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
