रमझममंगलबार, बैशाख १०, २०७०

महिला आरोहीलाई हिमालको सम्मान

हिमालखबर

हिमालको सम्मान : हिमाल आरोहि महिला टोलीलाई हिमाल मिडियाले गरेको सम्मानमा मिडियाका अध्यक्ष अम्बिका श्रेष्ठ, कनकमणी दीक्षित र प्रमुख अतिथि लिलामणी पौडेल। तस्बीर:हिमालखबर

ललितपुरको पाटनढाकास्थित यलमाया केन्द्रमा आयोजित एक कार्यक्रममा सरकारका मुख्य सचिव लिलामणि पौडेल र हिमाल मिडियाकी अध्यक्ष अम्बिका श्रेष्ठले सम्मान गरेका हुन ।

कार्यक्रममा हिमाल खबरपत्रिकाका सम्पादक किरण नेपाल, प्रकाशक कनकमणि दीक्षित, मुख्य सचिव लिलामणि पौडेल, र मिडियाकी अध्यक्ष अम्बिका श्रेष्ठले महिला आरोहीहरुको साहसको प्रशंसा गरे  ।

कार्यक्रमका प्रमुख अतिथि मुख्य सचिव पौडेलले विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहणको क्रममा रहेका महिला टोलीले हिमाल आरोहणको क्षेत्रमा नेपालकै गरिमा बढाएको बताए । हिमालकी अध्यक्ष श्रेष्ठ र प्रकाशक दीक्षितले २०१४ मा अण्टार्काटीकाको हिमाल चढ्दा नेपालको झण्डा मात्र नभई दक्षिण एशियाकै झण्डा फहराउन सुझाव दिए । दिक्षीतले यो महिला टोलीको साहसीक कदमले आरोहणको क्षेत्रमा मात्रै नभई नेपाली समाजमा पारेको असर र प्रभावको समाजशास्त्रीय मूल्याकंन हुन बाँकी रहेको बताए ।

महिला आरोही समूह शैली बस्नेत, आशा कुमारी सिंह, पुजन आचार्य, पेमा डिकी शेर्पा, माया गुरुङ, चुनु श्रेष्ठ तथा निम्डोमा शेर्पा / तस्बीर: ऋषिराम/ हिमालखबर

उक्त टोलीले सगरमाथाको सफल आरोहण अफ्रिकी महादेशको माउन्ट किलिमन्जारो सहित ४ हिमाल आरोहण गरिसकेको छ । कार्यक्रममा शैली बस्नेत, आशा कुमारी सिंह, पुजन आचार्य, पेमा डिकी शेर्पा, माया गुरुङ, चुनु श्रेष्ठ तथा निम्डोमा शेर्पालाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा आरोही समहुकी संयोजक शैली बस्नेतले ४ हिमाल आरोहणको अनुभव सुनाएकी थिइन् ।

हिमाल मिडियाले ९ बैशाखमा गरेको सम्मान कार्यक्रममा मिडियाका अध्यक्ष अम्बिका श्रेष्ठ, प्रकाशक कनकमणी दीक्षित, सम्पादक किरण नेपाल आदी ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>