खेलकुदमंगलबार, बैशाख १०, २०७०

ट्रायथलनमा भाग लिने फिलिपिन्स प्रस्थान

हिमालखबर

एसियाली ट्राइयथलन फिलिपिन्स । फाइल तस्बीर

प्रतियोगितामा नेपाली सेनाका खेलाडी राजीवकुमार गुरुङले भाग लिने छन् भने प्रशिक्षकमा धनेश्वर प्रजापति रहेका छन् ।

त्यसैगरी विश्व ट्रायथलन सङ्घको साधारणसभामा सहभागी हुन नेपाल ट्रायथलन सङ्घका महासचिव निलेन्द्र राज श्रेष्ठ पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।

पौडी, साइक्लिङ र म्याराथन गरी तीन खेललाई संयुक्तरुपमा सामेल गरिएको ट्रायथलन खेलमा खेलाडी गुरुङले पौडीको ७५० मिटर, साइक्लिङको २० किमि र म्याराथनको पाँच किमिमा प्रतिस्पर्धा गर्ने छन् ।

एसियाली स्तरको ट्रायथलन प्रतियोगितामा नेपालको सहभागिता हुन थालेको यो पहिलोपटक रहेको सङ्घका महासचिव निलेन्द्र राज श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...