अर्थ/बजारमंगलबार, बैशाख १०, २०७०
एउटै गाविसमा प्रतिमहिना साढे तीन करोड रेमिट्यान्स
गत चैतमा सोलुको सल्लेरीमा विभिन्न मनी ट्रान्सफरमार्फत साढे तीन करोडभन्दा बढी रकम भित्रिएको हो ।
यस गाविसबाट विश्वका विभिन्न देशमा काम गर्न गएका युवायुवतीहरूले प्रत्येक महिनामा पठाएको रकम साढे तीन करोडभन्दा बढी हुने गरेको छ । यहाँका युवायुवतीहरू अमेरिका, जापान, मलेसिया, कतार, साउदी अरब, दुवई, न्युजिल्यान्ड, जर्मनी, अस्ट्रेलिया, दक्षिण कोरियालगायत अन्य देशमा कामदारका रूपमा गएका छन् ।
पछिल्लो समयमा यस गाविसका स्थानीय बासिन्दाको आर्थिक भार रेमिट्यान्सले धानेको सगरमाथा मर्चेन्ट बैंकका शाखा प्रबन्धक ज्ञानदीप राईले बताए ।
रेमिट्यान्स धेरै भित्रिने भएकाले यहाँ एक दर्जनभन्दा बढी मनी ट्रान्सफर कम्पनीले शाखा खोलेका छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
