समाचारबिहीबार, जेठ १८, २०६९

न्यायाधीश हत्याको अनुसन्धानमा सीआईबी

हिमालखबर

सीआईबीका प्रमुख डिआईजी उपेन्द्रकान्त अर्यालले प्रारम्भिक अनुसन्धान सबै पक्षलाई ध्यानमा राखेर शुरु गरिएको हिमालखबरलाई बताए । अहिलेसम्म हत्या कसले र किन गरायो, खुल्न सकेको छैन । प्रहरीका अनुसार एउटा मोटरसाइकलमा आएका दुई व्यक्तिले उनको हत्या गरेका हुन् ।

सर्वोच्च अदालतका स्थायी न्यायाधीश रणबहादुर बम पछिल्लो समयमा कार्यालयमा पुग्ने र हाजीर मात्र गर्ने कार्यमा सीमित थिए । अपहरणकारीहरुलाई ‘घुस’ लिएर धरौटीमा छाडेपछि कारवाहीमा परेका न्यायाधीश बमलाई न्यायपरिषदले संसद महाअभियोगका लागि सिफारिश गरेको थियो । तर, महाभियोगको सिफारिश व्यवस्थापिका संसदबाट भने कार्यान्वयन भइसकेको थिएन ।

प्रहरीले उनको हत्यामा उनले हेरेका विगतका मुद्दाहरुको सम्बन्ध हुनसक्ने अनुमान गरेको छ । प्रहरी स्रोतका अनुसार बम हत्याकाण्डको अनुसन्धान उनले हेरेका मुद्दा, गरेका फैसला र मुद्दाका वादी-प्रतिवादीलाई समेत नोटिसमा लिएर अघि बढाइएको छ । एक प्रहरी स्रोतका अनुसार घरयासी र छर छिमेको सम्बन्ध र उनले हेरिरहेका मुद्दाहरुमा समेत हत्याको अनुसन्धान केन्द्रित हुनसक्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>