रमझमबुधबार, बैशाख ११, २०७०
भारतीय गायिका शमशाद बेगमको निधन
हिंदी फिल्मको शुरुआत ताकाकी पार्श्वगायिका शमशाद बेगम मुंबईमा १० बैशाख राति निधन भएको छ ।
भारतीय समाचार एजेंसी पीटीआईसँग कुरा गर्दै शमशादकी छोरी उषाले आफ्नी आमाको केही महिनादेखि स्वास्थ्य अवस्था ठिक नभएको र उपचारका क्रममा अस्पतालमै निधन भएको बताएकी छन् ।
बेगमका नजिकका साथी र केही आफन्तहरुको उपस्थितिमा उनको अंतिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पंजाब के अमृतसरमा १४ अप्रैल १९१९ मा जन्मिएकी शमशाद बेगमले शुरुमा पेशावर रेडियोमा काम गरेकी थिइन् । त्यसपछि उनले अल इंडिया रेडियोका लागि पनि गीत गाइन् । रेडियोमा उनको आवाज सुनेरै संगीत निर्देशकहरुले उनीसँग फिल्ममा गाउन आग्रह गरेका थिए ।
उनका समकालीन गायिका गीता दत्त र लता मंगेश्करभन्दा शमशादको आवाज़ बेग्लै थियो ।
सन् १९४० र ५० को दशकमा शमशाद बेग़मका गीतहरुले बजार पिटेका थिए । ‘सीआईडी’ फिल्मको ‘लेके पहला पहला प्यार’ र ‘कहीं पे निगाहें’, ‘पतंगा’ को ‘मेरे पिया रंगून’ अहिले पनि चर्चामा छन् । त्यस्तै ‘किस्मत’ फिल्मको ‘सैंया दिल में आना रे’ र ‘कजरा मोहब्बत वाला’ पनि उत्तिकै लोकप्रिय गीत हुन् ।
सन् २००९ मा शमशाद बेगमलाई भारत सरकारले ‘पद्म भूषण’ पुरस्कार प्रदान गरेको थियो ।