खेलकुदबिहीबार, बैशाख १२, २०७०

यु–१९ राष्ट्रिय क्रिकेट टिम तयार

हिमालखबर

एसियाली क्रिकेट परिषद् (एसिसी) को कार्यक्रमअनुसार आयोजना हुन लागेको टोलीको छनोटमा पर्ने अन्तिम १४ जना खेलाडीमा अविनाश कर्ण (उपकप्तान), रामनरेश गिरी, अमित श्रेष्ठ, यज्ञमान कुमाल, राहुल प्रताप सिंह, निश्चल पाण्डे, इर्शाद अहमद, पवन श्रेष्ठ, विभत्सु थापा, निर्मल थापा, सुशान्त भारी, प्रेम तामाङ र हरिशङ्कर साह रहेका छन् ।

क्यानका महासचिव अशोकनाथ प्याकुरेदद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार प्रतियोगितको वैकल्पिक खेलाडीहरुमा अमित दाहाल, सुरजकुमार कुर्मी, अभिषेक झा र शरद खड्का छानिएका छन् ।

४ वैशाखदेखि काठमाडौँमा भएको द्वितीय चरणको बन्द प्रशिक्षण शिविरबाट ती खेलाडी छनोट गरिएको महासचिव प्याकुरेलले बताए ।

पोखरामा सञ्चालन भएको पहिलो चरणको प्रशिक्षणमा ३१ जनाको सहभागिता थियो । ती खेलाडीलाई प्रशिक्षण प्रदान गरेर उत्कृष्ट १४ सहित चार वैकल्पिक खेलाडी छनोट गरिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...