समाचारबिहीबार, जेठ १८, २०६९

‘एमाओवादीले १२ बुँदे सहमति चकनाचुर पारे’

सन्त गाहा मगर

एमाओवादीको द्वैध चरित्र र सर्वसत्तावादी सोचका कारण संविधानसभा समाप्त भएको ठहर एमालेले गरेको छ। पत्रकार सम्मेलनमा अध्यक्ष खनालले अब नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताए।

एमाले नेता केपी शर्मा ओलीले सरकार काम चलाउ भइसकेकाले राजीनाम मागिरहनु पर्ने आवश्यकता नै नभएको बताउँदै एमाओवादीले जतिसक्दो चाँडो राष्ट्रिय सहमतिको सरकारका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए।

त्यसैगरी, एमाले उपाध्यक्ष बामदेव गौतमले ६ महिना संकटकाल लगाएर भए पनि संविधानसभाको आयु लम्ब्याउन एमाले तयार भए पनि प्रधानमन्त्री भट्टराईले सुटुक्कै गएर चुनाव घोषणा गरेको बताएका थिए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>