खेलकुदशुक्रबार, बैशाख १३, २०७०

नेपाली मुलका बाबुछोरालाई अमेरिकामा सफलता

हिमालखबर

युएस ओपन कराते प्रतियोगिताका काश्य पदक विजेता बाबु छोराद्वय समीर र शान्त थोकर

१८ देखि ३४ वर्ष उमेर समूहका ७५ केजी एडभान्स डिभिजनमा छोरा समीर थोकरले कुमितेतर्फ काश्य पदक र ३५ वर्षभन्दा माथि उमेर समूहका मास्टर एडभान्स डिभिजनमा बाबु शान्त थोकरले कातामा कश्य पदक हात पारेका छन् ।

थोकरले न्युयोर्क राज्यमा ‘इन्टरनेशनल मार्शल आर्ट एशोसियसन’ नामक सँस्था सञ्चालन गर्दै आएका छन् ।

यसै गरी १८ देखि ३४ वर्ष बिगिनर्स डिभिजनमा अर्का नेपाली जनक सिंह खड्काले काश्य पदक प्राप्त गरेका छन् । प्रतियोगितामा अमेरिकाको बिभिन्न राज्यमा बसोबास गर्ने नेपाली मुलका ७ जना खेलाडीहरुको सहभागिता थियो ।
यो सफल्ताले नेपालकै गौरव बढाएको हिमाल प्रतिनिधिस“गको भेटमा थोकरले बताए । उनले भने “अमेरिकामा बसे पनि यस्ता प्रतियोगिताहरुमा हामीले नेपालकै तर्फबाट खेल्ने गरेका छौं ।”

युएस ओपन कराँते प्रतियोगिता प्रत्येक बर्ष अमेरिकी राष्ट्रीय कराँते महासंघको आयोजनामा हुने गर्दछ । यसपाली यो प्रतियोगितामा खेलाडी, प्रशिक्षक र रेफ्री गरी बिश्वका ४५ भन्दा बढी राष्ट्रहरुबाट २५०० जनाको सहभागिता थियो ।
ङिमा पाख्रिन, न्युयोर्क अमेरिका

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...