रमझमशुक्रबार, बैशाख १३, २०७०

राजनीतिकर्मीको गीत

हिमालखबर

१९ माघ २०६१ को शाही ‘कु’ विरुद्ध त्यही दिन रत्नपार्कमा चर्को भाषण गर्न पुगेका राजन त्यहाँबाट डेरा हैन, जेल पुगे।

तीन महीनामा बाहिर आएर पनि उनले अनेरास्ववियूको केन्द्रीय जनआन्दोलन परिचालन समितिको संयोजकको रूपमा तानाशाहलाई हाँक दिए। जनआन्दोलनको सफलतापछि सरक्क गाउँ फर्केका उनले अहिले एमाले खोटाङको सचिवसँगै उदीयमान गीतकारको परिचय पनि बनाएका छन्।

‘जिन्दगी यो फूलै फूलको थुङ्गा हुँदैन’ गीतबाट लोकप्रियता चुमेका राजनले दोस्रो अल्बम ऐठन श्रोतामाझ ल्याएका छन्। राजेशपायल राई, नवीन के भट्टराई, श्रेया सोताङ, रेवत राई, दुर्गाबाबु पाठक, रजिना रिमालको स्वरमा आएको यो अल्बमका संगीतकार राजन शिवाकोटी हुन्।

मनमनै अल्बमबाट सफल गीतकारको लाइनमा आएका राजनको ऐठनमा ६ गीत छन्। त्यसमध्ये राजेशपायल राईले गाएको ‘ऐठन होला जस्तो छ…’ गीत लोकप्रियताको ग्राफमा उकालोमा छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>